५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

स्वयंसेवक दिवसमा रत्तदान


१९ मंसिर २०७६, बिहिबार  

0
Shares

addd716b8ee58a0412eae9ffebd4f9eb.0

गौरादह १९, मंसिर /झापाकाे कमल गाउपालिकाकाे बाँसबारीमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ। अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा झापाको कमल गाउँपालिका १, बाँसबारीमा सम्पन्न रक्तदान कार्यक्रम ३३प्रिन्ट रगत संकलन भएको छ । कारितास नेपाल र युवा समूह वडा न. १ र २ को संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा कमल गाउँपालिका, नेपाल रेडक्रस सोसाइटी झापा शाखा र कमल नगर जेसीजको संयुक्त समन्वयमा रक्तदान सम्पन्न भएको कारितास नेपाल दमक शाखाका कार्यक्रम व्यवस्थापक देवेन्द्र पोखरेलले जानकारी दिनुभयो ।नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा बाँसवारि बजारमा गरिएको खुल्ला रक्तदान कार्यक्रममा स्थानीय सर्वसाधरण तथा युवाहरुको उत्साहजनक सहभागीता रहेको थियोे । “रक्त दान ,जीवन दान”, “रक्तदान महा दान” भन्ने मुल नाराका साथ आयोजित रक्तदान कार्यक्रममा ३३ प्रिन्ट रगत संकलन भएको रेडक्रस झापा शाखाका प्राविधिक सिर्जना ढकालले जानकारी दिनुभयो । कार्यक्रममा कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेको प्रमुख अतिथि रहेकि थिइन। कमल गाउँपालिकाका उपाध्यक्ष बेनु सिवाकोटीको बिशिस्ट आतिथ्यता रहेको थियो । त्यस्तै कमल गा.पा. वडा न.१ का अध्यक्ष केदार कटुवाल बिशेष अतिथि रहनुभएको थियो । कार्यक्रमको सभापतित्व कमल १ का युवा समिति अध्यक्ष सरोज भट्टराईकाे सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रम संचालन उत्तम खड्काले गर्नुभएको थियोे ।
यसैबीच लैङिगक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत लैङिगक हिंसा विरुद्धको एकबद्धता लागि हस्ताक्षर संकलन समेत गरिएको जनइएकाे छ ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहिबार  २ : ०१ बजे