५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

विकास निर्माणमा गाैरीगंजलाई उच्च प्राथमिकतामा राखेकाे मन्त्री कार्कीकाे भनाई


१३ मंसिर २०७६, शुक्रबार  

0
Shares

20191129_173714
गाैरीगंज १३, मंसिर / आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले गाैरीगंजलाई विकास निर्माणकाे उच्च प्राथमिकतामा राखेकाे बताउनु भएकाे छ ।
नेपाल कम्युनिस्ट पार्टी गाैरीगंजले आयाेजना गरेकाे अगुवा कार्यकर्ता भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा आज यस्ताे बताउनु भएकाे हाे ।
चुनावका बेला पार्टीले जारी गरेकाे घाेषणापत्र अनुसार सरकारले कार्य गर्दै गईरहेकाेले अब हुने चुनाव अघि नै जनताकाे हसिलाे अनुहार हेर्न पाउने बताउनु भयाे ।
कार्यक्रममा मन्त्री कार्कीले गाैरीगंज गाउँपालिकाकाे ६ वटै वडाकाे प्रत्येक वडालाई ५ / ५ कराेड रूपैयाँ वजेट विनियाेजन गर्ने बताउनुभयाे । हुलाकी सडककाे रतुवा पुल निर्माण कार्यमा पाया नथपि दुवै तर्फबाट तटबन्धन गरि २ वर्ष भित्र पिच बाटाे हुँदै विराटनगरसम्म पुग्न सक्ने बताउनु भयाे ।
मन्त्री कार्कीले गाैरीगंजकाे शान्ति सुरक्षालाई ध्यान दिएर ईलाका प्रहरी कार्यालयलाई नयाँ गाडी उपलब्ध गराउने बताउदै आदिवासीहरूकाे बाहुल्यता रहेकाे गाैरीगंज गाउँपालिकामा महिलाहरूलाई सीप विकास गर्ने गरि स्थानिय उत्पादनलाई प्रत्साहन गर्न आफै अघि बढेर लागि परेकाे जानकारी गराउनुभयाे ।
मन्त्री कार्कीले गाैरीगंजदेखि अल्तावारी बाटाे निर्माण कार्यमा गुणस्तरमा ठेकेदारले कहि कत‌ै कमजाेरी गर्याे भने अाफुलाई जानकारी गराउन आग्रह गर्दै सिमसार, विजुली, बाटाे, खानेपानी, टेलिफाेन टावर, पुल, कृषि बजार, बस पार्क, सिंचाईलगायतका विकास निर्माण कार्यहरू २/ ३ बर्ष भित्रमा गाैरीगंजलाई कुनै समस्या नहुने बताउनुभयाे । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका मन्त्री कार्कीले गाैरीगंजमा प्राविधिक क्याम्पस स्थापना गर्ने आफ्नाे साेच रहेकाे बताउदै हाल प्रदेश र संघबाट विनियाेजन गरिएकाे बजेट वितरण प्रणालीमा केही कमजाेरी भएकाे स्वीकार गरेकाे बताउनु भयाे । कार्यक्रममा मन्त्री कार्कीले आफ्ना नेता तथा कार्यकर्तालाई वडा तथा क्षेत्रका विकास निर्माणका कामहरू चैत महिना भित्र पेश गर्न आग्रह गर्नु भयाे ।
प्रदेश सांसद झलक सिंह दर्लामीले गाैरीगंज गाउँपालिकामा जनता आवास कार्यक्रम अन्तरगत १२ वटा घर गरिब तथा विपन्न परिवारकाे लागि निर्माण भईरहेकाे बताउनुभयाे । कार्यक्रमका विशिष्ट अतिथिसमेत रहेका सांसद दर्लामीले नदी तटबन्धकाे लागि २० लाख वजेट विनियाेजन भइसकेकाे बताउदै गाैरीगंज वार्ड नं. १ र २ काे विकास निर्माणमा आफू कुनै कमी नराख्ने प्रतिवद्व रहेकाे बताउनुभयाे ।

कार्यक्रमका विशिष्ट अतिथि तथा पुर्व सांसाद दिपक कार्कीले गाैरीगंज भएकाे विकास जति गाैरादहमा पनि नभएकाे बताउनु भयाे । ईलाका प्रशासन कार्यालय, स्मार्ट सिटी, सिंचाई, हुलाकी सडक, पुल सरकारकै पहलबाट अघि बढेकाे बताउदै सांसद कार्कीले यहाँका जनताले त्यत्राे ठुलाे विकास नदेखेकाे टिप्पणी गर्नुभयाे ।
सांसद कार्कीले सरकारका मन्त्री, सांसद कार्य व्यस्तताका कारण जनताकाे आवश्यकता कहिकतै छुट्याे भने आफू कहाँ आउन आग्रह गर्नुभएकाे थियाे । रतुवा खाेलाकाे पुलमा बालुवा पुर्नुलाई पुल निर्माण गर्न भाैतिक मन्त्रालयलाई दवाव दिएकाे बताउदै पुर्व सांसद कार्कीले हिजाे अर्थात विहिवार मात्रै तटबन्धनसहित पुल निर्माणका लागि सम्झाैता भएकाे जानकारी गराउनु भयाे ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी गाैरीगंजका अध्यक्ष विध्यानन्द राजवंशीले कमिटिकाे तर्फबाट प्रमुख अतिथि मन्त्री कार्कीलाई गाैरीगंजकाे समग्र विकास निर्माणका लागि बजेट विनियाेजन गर्न ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्रमा गाैरीगंज भित्र रहेका पुल, बाटाे, टेलिफाेन टावर, सिंचाइ, बस पार्क निर्माण, खानेपानी, विजुली, सिमसार, झाेलेङ्गे पुल निर्माण, जनता आवास कार्यक्रम, सीप विकास कार्यक्रमलगयताका विषयहरू समेटिएका छन् । ज्ञापनपत्र केदार ढुंगेलले पढेर सुनाएका थिए ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी गाैरीगंज वडा नं. १ वडा ईन्चार्ज गाेविन्द कुवर, २ का वडा सचिव आनन्द राजवंशी, वडा नं. ३ का राजेन्द्र राई, वडा नं. ४ का अध्यक्ष सन्तलाल ताजपुरिया, वडा नं. ५ का वडा ईन्चार्ज धनबहाधुर थापा, वडा नं. ६ का सह इन्चार्ज कृष्ण महताे, महिला नेतृ माेनिका राईले वडाहरूकाे विकास निर्माण कार्यमा मन्त्री कार्कीकाे ध्यानाकर्षण गराउनुभएकाे थियाे ।
नेपाल कम्युनिस्ट पार्टी गाैरीगंजकाे आयाेजनामा भएकाे कार्यक्रमकाे अध्यक्षता पार्टीका गाैरीगंज अध्यक्ष विध्यानन्द राजवंशीले गरेका थिए । कार्यक्रमकाे स्वागत नगेन्द्र डागीले गरेका थिए भने सञ्चालन विष्णु न्याैपानेले गरेका थिए ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ११ : ५२ बजे