काठमाडौं / झापा डाँगीबारीकी प्रेरणा राजवंशी ‘स्कुल प्रिन्सेस नेपाल २०१६’ को बेस्ट लुक्स अवार्ड उपाधि चुमन सफल भएकी छन् । काठमाडौंको नयाँबजारमा बुबा गोपाल राजवंशी र आमा कृष्ण कुमारी राजवंशीसंग बस्दै आएकी प्रेरणा सो उपाधि हात पार्न सफल भएकी हुन । नयाँबजार काठमाडौंस्थित रोजवड स्कुलमा कक्षा ८ मा अध्ययरत प्रेरणा सानैदेखि विलक्षण प्रतिभावान विद्यार्थीको रुपमा परिचित थिइन । आर.के इन्टरमेन्ट ग्रुपद्वारा आयोजित यस प्रतियोगितामा उनी अन्तिम स्पर्धा लागि करिब एक महिनायता विभिन्न व्यक्तित्व विकाससम्बन्धि प्रशिक्षण लिएकी थिइन् । बुबा गोपाल राजवंशीले आफ्नी छोरी बेस्ट लुक्स अवार्ड पाएकोमा आफु अतिनै हर्षित भएको सुनाए । उनले भने –‘ छोरीको जित भनेको मेरो जित हो, मेरो परिवार अनि समाजको जित हो । छोरी प्रेरणाको जितमा सहयोग गर्ने सबैमा मेरो नमन छ ।’ स्कुल लेवलका छात्राको बौद्विकता एवं प्रतिभा र व्यक्तितत्व मापन गर्ने उद्येश्यले यो कार्यक्रम आयोजना गरिएको ग्रुपका अध्यक्ष राम केसीले बताए । यो प्रतियोगितामा काठमाडौं उपत्यकाका विद्यालयका कक्षा ६ देखि कक्षा ८ सम्मका विद्यार्थीहरुलाई समावेश गराइएको थियो ।
२१ बैशाख २०७३, मंगलबार
0
Shares