५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

प्रधानमन्त्री ओलीलेे भ्रष्टाचार र नैतिक आचरण गुमाएकालाई नछाड्ने


२० आश्विन २०७६, सोमबार  

0
Shares

20191007_191536

दमक २०, असोज / प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नैतिक आचरण गुमाएका र भ्रष्टचार गर्ने जाे काेहीलाई पनि नछाडिने बताएका छन् । भ्रष्टाचार गर्ने र आचरण गुमाउने व्यक्ति जाे सुकै हैसियतमा रहे पनि देश र जनताका लागि घातक भएकाे भन्दै जाे काेहीलाई कार्यवाही गरिने बताएका हुन् ।
शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई आज दमकमा सम्बाेधन गर्दै प्रधानमन्त्री ओेलीले म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्दै भ्रष्टाचार विरूद्व खराेरूप सरकार उत्रेकाे बताए । म झुक्दिन र तपाईहरूकाे शिर पनि कहिल्यै झुक्न दिन्न भन्दै प्रधानमन्त्री ओलीले देशमा थुप्रै परिवर्तन आएकाे बताए । हुनेखानेहरूकाे लागि परिवर्तन नआएकाे तर गरिब र विपन्नहरूकाे लागि परिवर्तन आएकाे भन्दै प्रधानमन्त्री ओलीले आठ सय परिवारलाई आवास निर्माण गरेकाे बताए । एक वर्षमा १६ सय किलाेमिटर सडक कालाेपत्रे भएकाे दावी उनले दावी गरेे । अघिल्ला सरकारहरूले नगर्ने काम याे सरकारले गरेकाे भन्दै नेकपाका अध्यक्षसमेत रहेका ओलीले चार सय भन्दा बढी नदीहरूमा पुल बनेकाे उनकाे भनाई थियाे ।

कार्यक्रममा उपसभामुख डा.शिवमाया तुम्बाम्फे, प्रदेश–१ का प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङ, नेपाल सरकारका महान्याधिवक्ता अग्नि खरेल, नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला, संघस्थाका प्रमुख, पार्टीका जिल्ला नेता एवं कार्यकर्ता लगायत सर्वसाधरणको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २० आश्विन २०७६, सोमबार  १ : ३१ बजे