७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

गाैरादह नगरपालिकाका ईन्जिनियर सचिन क्षेत्री पदबाट बर्खास्त, पिडितलाई ५ लाख दिने निर्णय


१४ आश्विन २०७६, मंगलबार  

0
Shares

20190930_132405

गाैरादह १४, असाेज / गाैरादह नगरपालिकामा उत्पन्न तनाव साम्य भएकाे छ ।
गाैरादह नगरपालिकाले क्षमायाचनासहित मृतक धनवीर राजवंशीकाे परिवारलाई भरणपोषणका लागि राहत स्वरूप ५ लाख रूपैयाँ र ईन्जिनियर सचिन क्षेत्रीलाई बर्खास्त गर्ने निर्णय गरेपछि नगरपालिका र स्थानियबीच भएकाे मंगलबार तनाव साम्य भएकाे हाे ।

सामाजिक कार्य गर्दै निज राजवंशीकाे मृत्यु भएकाे जनाउदै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै नगरपालिकाले उनलाई सामाजिक अभियन्ताका रूपमा सम्मान दिने समेत निर्णय गरेकाे छ । नगरपालिकाले नगरपालिकाकाे कामकारबाहीकाे अनुगमन गर्ने, अनियमितता गर्ने कर्मचारीकाे छानवीन गरि कानुनी कार्वाहिका लागि सिफारिस गर्नेलगायतका कार्यहरू गर्न सुशासन समितिसमेत गठन गर्ने निर्णय गरेकाे छ ।
गाैरादह नगरपालिका वार्ड नं८ भुडिसिमल बस्ने बर्ष अन्दाजी ५८ काे मृतक धनवीर राजवंशी असाेज १२ गते उपभोक्ता समितिकाे रकम भुक्तानीका लागि नगरपालिका गएका थिए । तर पटक पटक भुक्तानीका लागि नगरपालिका गए पनि असाेज १२ गते पनि भुक्तानी नपाए पछि उनी नगरपालिका मुल गेटमै बेहाेस भएका थिए । उनलाई उपचार गर्न लाने क्रममा मृत्यु भएपछि हिजाे देखि मृतक राजवंशीकाे लास नगरपालिका परिसरमा राखी स्थानियहरूले प्रदर्शन गरिरहेका थिए । हिजाे बेलुका करिब ९ बजे कार्यपालिका वैठक बसी पिडितलाई राहत स्वरूप २ लाख रूपैयाँ दिने र ईन्जिनियर सचिन क्षेत्रीलाई तत्काल निलम्बन गरि छानवीन समिति गठन गर्नेे निर्णय गरेपनि पिडित पक्षले नमानेपछि आज मंगलबार विहानदेखि स्थिति झन तनाव पुर्ण भएकाे थियाे । कार्यालयकाे भझ्यालकाे सिसा, साईन बाेर्ड ताेडफाेड गरिएकाे छ । नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ काे वजेटबाट वैराती बजार टहरा निर्माणका लागि ३ लाख रूपैयाँ छुट्याएकाे थियाे । उत्त टहरा निर्माण गर्न मृतक राजवंशीकाे अध्यक्षतामा टहरा निर्माण समिति गठन भएकाे थियाे । असार महिनाकाे २५ गते वार्ड सिफारिस, अनुगमन समितिकाे कार्य सम्पन्न गरेकाे प्रतिवेदन सहित नगरपालिकाकाे प्राविधिक शाखामा फाइल पेश गरेका थिए ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  ८ : ४७ बजे