५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

भारतबाट नेपाल आयात गरिएका केरा र भुइँकटहरमा खानै नमिल्ने गरी बढी विषादी


२७ भाद्र २०७६, शुक्रबार  

0
Shares

20190913_130249

विराटनगर २७, भदाै / भारतबाट नेपाल आयात गरिएका केरा र भुइँकटहरमा खानै नमिल्ने गरी बढी विषादी पाइएको छ । प्रदेश १ का मोरङ, सुनसरी र झापाका नाकाहुँदै नेपाल भित्रिएका कृषिजन्य वस्तुको परीक्षण गर्दा यस्तो पाइएको हो ।

‘हामीले नमुना परीक्षण गर्दा केरा र भुइँकटहरमा विषादीको रुकावट ४५ प्रतिशतभन्दा बढी पनि भेटियो,’ प्रदेश १ विषादी मापन प्रगोशाला बिर्तामोडकी प्राविधिक सहायक अञ्जु आचार्यले भनिन्, ‘यो मात्रा खान मिल्नेभन्दा केही बढि हो ।’

उनका अनुसार विषादीको रुकावट प्रतिशत ३५ सम्म खान मिल्छ । ३५ देखी ४५ सम्म भए केहि दिन राखेर खानुपर्छ । ४५ भन्दा माथि भेटिए खान मिल्दैन । सरकारले विषादीको अनिवार्य परीक्षण गर्ने निर्णय गरेसँगै उक्त प्रयोगशालाले दैनिक ८० वटासम्म नमुना जाँचेको थियो । तीन नाकाबाट आएका नमुना दैनिक परीक्षण गरेर बढीमा २ दिनमै रिपोर्ट दिएको उनले जानकारी दिइन् ।

प्रयोगशालाले भारतबाट आयात गरिएका केरा, भुईँकटहर, स्याउ, आँप, अनार, कागती, खरबुजा, आलु, प्याज, पानको पात, खुर्सानी, भेँडे खुर्सानी, मेवा र मौसमको नमुना परीक्षण गरेको छ ।
अन्नपूर्णबाट

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ८ : ४२ बजे