५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

नेकपा गाैरीगंजले जारी गर्याे विज्ञप्ति, दाेषी ठहरिए जाे काेहीलाई नछाड्ने प्रतिवद्वता


३१ श्रावण २०७६, शुक्रबार  

0
Shares

20190816_222746

गाैरीगंज ३१, साउन / नेकपा गाउँकमिटि गाैरीगंजले आज एक विज्ञप्ति प्रकाशित गर्दै गाैरीगंज गाउँपालिका वार्ड नं २ काेराेवारीमा कृषक अनुदान रकममा भएकाे अनियमिततामा नेकपाका जिम्मेवार जाे काेही कार्यकर्ता दाेषी पाईएमा कार्वाही गरिने जनाएकाे छ ।

नेकपा गाउँकमिटि गाैैैैैैैरीगंजका अध्यक्ष विध्यानन्द राजवंशी र सचिव विष्णु न्याैपानेकाे संयुक्त हस्ताक्षरित विज्ञप्तिमा गाैरीगंज गाउँपालिका वार्ड नं. २ का तुलाचन कृषक समूह, माङ्सावा कृषक समूह र कन्काई विपद कृषक समुहले फर्जी जग्गाधनी पुर्जा र हस्ताक्षर गरि निकासा गरेकाेे १८ लाख ३३ हजार ७ सय ७७ रूपैयाँमा नेकपाका जिम्मेवार कार्यकर्ताहरू संलग्न वा दाेषी पाईएमा कार्वाही हुने उल्लेख भएकाे गाैरीगंज गाउँ कमिटि सचिवालय सदस्य केदारनाथ ढुंगेलले बताए ।

नेकपा गाैरीगंजले आज बसेकाे बैठकले कागजी प्रकृया मिलाई रकम अपचलन गर्न सिकाउने, मिलाउने,साेर्स लगाउने, रकम उपलब्ध गराउन सिफारिस गराउने लिनेदिनेप्रति पार्टीकाे गम्भीर ध्यानाकर्षण भएकाे भन्दै यस्ता व्यत्ति, समूह र कार्यालयप्रति कानुन बमाेजिम कार्वाही गर्न सम्बन्धित निकायसंग माग गरेकाे छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  ४ : ४२ बजे