विराटनगर १७, जेठ /
प्रदेश सरकारले बनाएको आम सञ्चार अध्ययन कार्यदलले सुझाव सरकारलाई बुझाएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले २०७६ बैशाख ५ गते मन्त्रीस्तरिय निर्णयबाट यज्ञ प्रसाद शर्माको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो ।
पत्रकार तथा संचारकर्मी दुर्घटना परेको बेला, गम्भीर प्रकृतिको रोगलागी समस्या भएको बेला श्रमजीवी पत्रकार बेरोजगार भई सहयोग गर्नु पर्ने अबस्था भएमा एक पत्रकार सुरक्षा कोषको माग पनि कार्यदलले बुझाएको प्रतिबेदनमा गरिएको छ । त्यस्तै कुनै दुर्घटनाका कारण वा दुर्घटना नभई पत्रकार अपाङ्ग भई पत्रकार काम गर्न नसक्ने अबस्था भएमा प्रदेश सरकारको तर्फबाट सहयोग गर्नको लागि पनि पत्रकार सुरक्षा कोष आबस्यक पर्ने पर्ने कार्यदलको सुझाव छ ।