६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

गाैरीगंज गाउँपालिका वार्ड नं ६ का एकल तथा विपन्न महिलालाई साडी वितरण


१९ बैशाख २०७६, बिहिबार  

0
Shares

20190502_164712

गाैरीगंज १९, बैसाख / गाैरीगंज गाउँपालिका वार्ड नं ६ ले एकल तथा विपन्न महिलाहरूलाई साडी वितरण गरेकाे छ ।
गाैरीगंज गाउँपालिका वार्ड नं ६ काे प्राङ्गणमा आज एक कार्यक्रमकाे आयाेजना गरि उनीहरूलाई साडी वितरण गरिएकाे हाे ।
गाैरीगंज गाउँपालिकाका अधिकृत विरेन्द्र खड्काकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा वार्ड नं ६ भरिका २ सय २० जना एकल तथा विपन्न परिवारका महिलाहरूलाई वार्डकाे महिला लक्षित कार्यक्रमकाे सिलिङ्ग बजेटबाट साडी वितरण गरिएकाे वार्ड सचिव गाेविन्द राजवंशीले बताए । वार्ड नं. ६ का अध्यक्ष बद्रीनारायण यादवकाे अध्यक्षतामा भएकाे कार्यक्रममा कार्यपालिका सदस्य राधा अधिकारी, समाजसेवि गाेपाल पाैडेललगायतले बाेलेका थिए भने स्वागत वार्ड सदस्य मुकेश साहले गरेका थिए । कार्यक्रममा वार्ड नं ५ का अध्यक्ष विजय गन्गाई, वार्ड सदस्य रमकुमारी विक, प्राथमिक स्वास्थ्य केन्द्र गाैरीगंजका प्रतिनिधि धर्मानन्द साह, चन्दर साहलगायतकाे सहभागितामा सम्पन्न भएकाे कार्यक्रमकाे सञ्चालन वार्ड सचिव गाेविन्द राजवंशीले गरेका थिए ।
20190502_165555

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहिबार  ११ : ०६ बजे