६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

राजवंशी समाज विकास समितिले विविध कार्यक्रमकाे आयाेजना गरि साङ्वारी सिरूवा मनाउदै


३० चैत्र २०७५, शनिबार  

0
Shares

20190413_165230
विर्तामोड १, वैशाख/ राजवंशी समाज विकास समिति जिल्ला कार्यसमिति झापाले विविध कार्यक्रमकाे आयाेजना गरि सिरूवा पर्व मनाउदै छ । समितिले शनिवार पत्रकार सम्मेलन गरि वैशाख १ गते देेखी ५ गतेसम्म साङ्वारी सिरूवा सांस्कृतिक कार्यक्रमसहित भव्यरूपमा मनाउने समितिका अध्यक्ष पुकारसिंह राजवंशीले जानकारी दिएका छन् । बैशाख १ गते जल सिरूवा मनाउदै काकरभिट्टाबाट दमकसम्म सांस्कृतिक माेटरसाइकल र्याली , वैशाख २ गते काद सिरूवा विर्तामोड मुक्ति चाैकमा, वैशाख ३ गते रङ्ग सिरूवा बृहत् सांस्कृतिक कार्यक्रम भद्रपुरमा, वैशाख ५ गते सिरूवा समापन कार्यक्रममा विर्तामोड -३ डाेमालाल राजवंशी रङ्गशालामा साङ्वारी सिरूवा सांस्कृतिक कार्यक्रम गरि मनाउने समितिले जारी गरेकाे प्रेसविज्ञप्तिमा उल्लेख गरिएकाे छ । समितिका सचिव मुनिलाल राजवंशीका अनुसार वैशाख १ गते जल सिरूवामा माेटरसाइकल र्यालीमा काकडभिट्टामा भेला भई जल सिरूवा मनाउने, त्यसपछि विर्तामोडमा र दमकमा भव्यरूपमा खेलिने बताए ।

प्रकाशित मिति : ३० चैत्र २०७५, शनिबार  ११ : ५५ बजे