५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

गाैरादह खानेपानीकाे अध्यक्षमा बाबुराम भण्डारी विजयी


१६ चैत्र २०७५, शनिबार  

0
Shares

गाैरीगंज १६, चैत / गाैरादह खानेपानी तथा सरसफाई उपभाेत्ता समितिकाे निर्वाचनमा अध्यक्ष पदमा बाबुराम भण्डारी विजय भएका छन् । उनले ८ सय १९ मत ल्याएर विजय भएका हुन्। उनका प्रतिस्पर्धी दुर्गा गाैतमले ७ सय ९२ मत प्राप्त गरेका थिए ।
अध्यक्षमा विजेता भएका भण्डारी लाेकतान्त्रिक प्यानलबाट उम्मेदवार उठेका थिए भने उनकाे नेपाली कांग्रेस र राप्रपाकाे संयुक्त गठबन्धन थियाे । त्यसैगरी गाैतमलाई एमाले र माओवादी पार्टी अर्थात नेकपाकाे प्रगतिशील प्यानलबाट उम्मेदवार भएका थिए ।
निर्वाचन समितिका संयाेजक डिल्लीराम अधिकारीका अनुसार शनिवार भएकाे निर्वाचनमा सचिव पदमा डन्डीराज घिमिर ९ सय ५६ मत ल्याएर विजय भएका छन् भनेे उनका प्रतिस्पर्धी देवेन्द्र खड्काले ६ सय १९ मत प्राप्त गरेका थिए ।

हेर्नुहाेस् मत परिणाम

बाबुराम भन्डारी ८१९ (अध्यक्ष बिजेता)
दुर्गा गौतम ७९२ अध्यक्ष

डन्डी राज घिमिरे ९५६ सचीव बिजेता
देबेन्द्र खड्का ६१९ सचिब

सदस्य तर्फ:–
अम्बर खत्री ९३२ बिजेता
कृष्ण बास्कोटा ७६५
नगेन्द्र कार्की ८८२ बिजेता
नारायण घिमिरे ८०४ बिजेता
भुपाल कट्वाल ७८७ बिजेता
लब हरी दाहाल ५५६
लोकनाथ राजबम्सी ४३९
हरी बर्देवा ६७०

महिला सदस्य तर्फ:—
दुर्गा आचार्य ६४२
धन माया अधिकारी ७३०बिजेता
भुमिका बानिया ५३७
मन्दिरा कार्की ७१९
शान्ता पराजुली ७९४ बिजेता
सिता बुडाथोकी ७६२बिजेता

लेखा समिती :–
पुन्य सिक्देल संयोजक ८३५बिजेता
भुपालमान कार्की संयोजक ६२६
दिपक उप्रेती ८५५बिजेता
नारायण कार्की ७२१
नारायण काफ्ले७३९बिजेता
यमनाथ पौडेल ५५७

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  १० : २३ बजे