३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

पूर्व प्रधानमन्त्रीहरूको पनि संगठन बन्दै


११ बैशाख २०७३, शनिबार  

0
Shares

काठमाडौं, ११ वैशाख /  पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल सार्क राष्ट्रका पूर्वप्रधानमन्त्रीहरुको संगठन बनाउन लागिपरेको छन् ।

सार्क राष्ट्रबीच एकता र समझदारी बढाउन तथा सार्कको गरिमा बढाउन पूर्वप्रधानमन्त्रीहरुको संगठन आवश्यक रहेको भन्दै नेपाल आन्तरिक तयारीमा जुटेका हुन् । नागरिक दैनिकमा खबर छ । एसियाली राष्ट्रका राजनीतिक दलहरुको अन्तर्राष्ट्रिय सम्मेलनका संस्थापकसमेत रहेका नेपालको सार्कका पूर्वप्रधानमन्त्रीहरुको एकउटा छुट्टै संगठन हुनु पर्ने धारणा बनाएर सम्मेलन गराउन लागेका छन् ।

एसियाली राष्ट्रका राजनीतिक दलहरुको संगठन बनाउन आफ्नो अहम भूमिका रहेको बताउने नेपालले सार्कका पूर्वप्रधानमन्त्रीहरुको संगठनले पनि चाँडै मूर्तरुप लिने विश्वास व्यक्त गरे ।

सार्कका सबै देशका पूर्वप्रधानमन्त्रीहरुको संगठन बनाउने समितिका संयोजक रहेका नेपालले विभिन्न माध्यमले सार्कका देश पूर्वप्रधानमन्त्रीसित सम्पर्क बनाइरहेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०७३, शनिबार  ५ : ४९ बजे