१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

गाैरीगंज गाउँपालिकाकाे तेस्राे गाउँसभा आज बस्दै, विभिन्न ऐन र कार्यविधि निर्माण गरिने


१९ माघ २०७५, शनिबार  

0
Shares

20190201_160542

गाैरीगंज २०, माघ / गाैरीगंज गाउँपालिकाले आज बस्ने तेस्रो गाउँसभाबाट ६ वटा कार्यविधिहरू पारित गर्ने तयारी गरेकाे छ ।
माघ ११ गते बसेकाे कार्यपालिकाकाे बैठकले ती कार्यविधिहरू सर्वसम्मत पास गर्न प्रत्येेेक वडा कार्यालयका वडा अध्यक्षलाई छलफलका लागि मस्यौदा कपि उपलब्ध गराएकाे छ ।

प्रस्ताव नं ११ काे कार्यविधि निर्माण सम्बन्धमा भएकाे छलफलबाट स्थानीय राजपत्र प्रकाशन सम्बन्धी कार्यविधि,
,अपांंगता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि
,उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि ,घ वर्गको निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धी कार्यविधि,सामुदायिक विकास कोष (स्थापना र संचालन) कार्यविधि, बालअधिकार संरक्षण तथा सम्वर्धन कार्यविधिलगायत रहेका छन् ।
त्यसैगरी गाउँसभाबाट गाउँपालिकाको विभिन्न ऐनहरुको निर्माण तथा बजेट संशोधन गर्ने जनाएकाे छ ।

प्रकाशित मिति : १९ माघ २०७५, शनिबार  १ : ५८ बजे