६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

किरात चाडलाई सार्वजनिक विदा दिनुपर्ने माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र


८ पुस २०७५, आइतबार  

0
Shares

20181223_121206
गाैरीगंज ८, पुस / किरात समन्व समिति झापाले राष्ट्रिय किरात चाड ( उधाैली साकेला,चासाेक तङ्नाम, चासुवा, शादार पिदार, भूम्या) मा दिदै आएकाे विदालाई यथावत राख्न माग गरेकाे छ ।

नेफिन झापा अध्यक्ष तथा किरात राई यायाेक्खाका केन्द्रीय उपाध्यक्ष पारसमणी राईको नेतृत्वकाेे टाेलीले हालै झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ज्ञापनपत्र बुझाउदै साे माग गरेका हुन् । हिन्दु ईतरका चाडहरूलाई मात्र निश्चित समुदायमा खुम्चाउन खाेजेकाे भन्दै समितिले किरात चाडलाई राष्ट्रिय चाड घाेषणा गरि सरकारले ३ दिन दिदै आएकाे विदालाई यथावत राख्नुु पर्ने माग राख्दै प्रजिअमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएकाे हाे ।
नेपाल संघीय लाेकतान्त्रिक गणतन्त्रात्मक राज्य भईसक्दा पनि हिन्दु धर्मावलम्बीहरूका चाडहरूलाई मात्र राष्ट्रिय चाड घाेषणा गरी २०७४ साल चैत्र १४ गते अतिरित्ताङ्ग ४७, खण्ड ६७ काे नेपाल राजपत्रमा प्रकाशित गरेर सरकारले सार्वजनिक विदा दिदै आएकाे भन्दै ईन्द्रमान राई, भत्त खेवाङ लिम्बू, सुरेन्द्र देवान र अविर बहादुर सुनुवारकाे संयुक्त हस्ताक्षरित ज्ञापन पत्र बुझाएकाे थियाे ।
सरकारले १४ दिन दशैंमा ५ दिन, तिहारमा ३ दिन, तीजमा १ दिन, जितियामा १ दिन, वसन्त पञ्चमीमा १ दिन, महाशिवरात्रीमा १ दिन, फागु पुर्णिमामा १ दिन र नयाँ बर्षमा १ दिन सार्वजनिक विदा दिदैै आएकाे छ ।
समतामुलक समाजकाे निर्माण गर्ने संकल्प गरेकाे नेपालकाे संविधानकाे भावना अनुरूप किरातहरूकाे पन्तको प्रत्येक वर्ष मंसिरे पुर्णिमा पर्ने राष्ट्रिय चाड सामुहिक रूपमा मनाउदै आएकाे छ । उधाैली साकेला, चासाेक तङनाम, चासुवा, शादार पिदार, भूम्याकाे उपलक्ष्यमा विगत १६ बर्ष अगाडिदेखि पाउदै आएकाे राष्ट्रिय विदा कटाैती गरेकाले विदा यथावत कायम गर्न सरकारसँग माग गरेकाे छ ।

प्रकाशित मिति : ८ पुस २०७५, आइतबार  ६ : ३२ बजे