५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मेची पुलकाे उद्वघाटन प्रधानमन्त्री अाेलीले गर्ने


२१ मंसिर २०७५, शुक्रबार  

0
Shares

20181207_202202
गाैरीगंज २१, मङ्सिर/ सरकारी अदूरदर्शिताका कारण निर्माण सम्पन्न भएर लामो समय प्रयोगविहीन अवस्थामा रहेको झापा भद्रपुरको मेची पुल मंसिर २६ गते प्रधानमन्त्री ओलीले उदघाटन गर्ने भएका छन्। सो पुल हुँदै नेपालतिर आउने सडक निर्माण नभएकाले अहिलेसम्म पुल प्रयोगमा आउन सकेको थिएन। अहिले सडक बन्ने स्थानका मानव बस्ती हटाएर बाटो बनाउने काम भइरहेको छ। पूर्वी नेपाल र भारतसंगको सीमाना भद्रपुरमा ३३ करोड रुपैयाँको लागतमा नयाँ मेची पुल बनेको हो।

झापाको सदरमुकाम भद्रपुर लगायत पूर्वी तराईको व्यापार व्यवसायमा सहयोग पुग्ने भन्दै दसकौंदेखि यहाँका सर्वसाधारण तथा व्यवसायीले मेची नदीमा पक्की पुल बन्नुपर्ने माग राख्दै आएका थिए। २०२२, २०४१ र २०६६ गरि तीन पटकसम्म उक्त पुलको शिलान्यास भएको थियो। पूर्वी नेपालमा उद्योग कल कारखाना खुल्ने क्रम बढेकाले यहाँ उत्पादित सामान भारत निकासी गर्न र भारतबाट कच्चा पदार्थ नेपाल आयात गर्न सहज हुने भएकाले उक्त पुलको उपयोगिता महत्वपूर्ण भएको झापा उद्योग संघका अध्यक्ष टिकाराज ढकाल बताउँछन्। उक्त पुलको लम्बाई ५ सय ६० मिटर रहेको छ।

प्रकाशित मिति : २१ मंसिर २०७५, शुक्रबार  ३ : ०८ बजे