४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

रगत अभाव टार्न शनिवार रक्तदान सञ्चारकर्मीले सामुहिक रक्तदान गरेर कार्यक्रमको उद्घाटन गर्दै


८ कार्तिक २०७५, बिहिबार  

0
Shares

khaadaa

बिर्तामोड ८, कात्तिक /
झापामा केही समय यता भइरहेको रगत अभावलाई तत्कालका लागि टार्न बृहत् रक्तदानको आयोजना गरिएको छ ।
वीरता जेसीजको आयोजना र नेपाल रेडक्रस सोसाइटी बिर्तामोडको प्राविधिक सहयोगमा हुने कार्यक्रमको उद्घाटन झापाका सञ्चारकर्मीले सामुहिक रुपमा रक्तदान गरेर गर्ने तय गरिएको छ । कात्तिक १० गते शनिवार बिर्तामोडको मुक्तिचोकस्थित दुर्गा मन्दिर परिसरमा विहान ९ः३० बाट रक्तदान कार्य शुरु हुने वीरता जेसीजका रक्तदान संयोजक ओमप्रकाश लुइँटेलले जानकारी दिए ।
झापामा केही समय यता रगतको अभाव खड्किएपछि नेपाल रेडक्रस सोसाइटीको आव्हानमा रक्तदान कार्यक्रमको आयोजना गरिएको वीरता जेसीजका महासचिव बिनोद पाण्डेले बताए ।
विरामीको जीवन बचाउनका लागि ‘रक्तदान जीवन दान’ भन्ने नाराका साथ हुने कार्यक्रममा सरिक भइ रक्तदान गर्नुहुन वीरता जेसीजका अध्यक्ष एकराज गिरीले सबैमा आव्हान गरेका छन् । मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य ठानी रगत अभावको यो बेला रक्तदान गर्नु पुनित कर्म हुने बताइएको छ । पत्रकारिता पेशामा अहोरात्र खटिने झापाका सञ्चारकर्मी नै मानवताको सेवा समेत उत्तिकै अग्रसर समेत देखिएको पाइएको छ । झापाका २० बढी सञ्चारकर्मीले दुर्गा मन्दिर परिसरमा एकसाथ रक्तदान गरेर कार्यक्रमको शुभारम्भ गर्ने वीरता जेसीजले जनाएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७५, बिहिबार  २ : २१ बजे