४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

प्रेस युनियनकाे अध्यक्षमा इन्दु पुर्वेली विजयी


१४ आश्विन २०७५, आइतबार  

0
Shares

20180930_110931
विर्तामोड १४, असाेज / नेपाल प्रेस युनियन झापा जिल्लाको नबौं अधिवेशनबाट इन्दु पुर्वेली सभापतिमा बिजयी हुनुभएकाे छ ।

सभापति पदका लागि भएको निर्वाचनमा पूर्वेलीले ६४ मत ल्याएर बिजयी हासिल गरेकी थिईन् । त्यस्तै उनका निकटतम प्रतिद्धन्दी राजेन्द्र गौतमले ४१ मत मात्र प्राप्त गरेका थिए ।

समितिको उपाध्यक्षमा गिरिराज भट्टराई, महिला उपाध्यक्षमा शुष्मा राजबंशी, सचिवमा डिल्लीराम घोरसाईँ, कोषाध्यक्षमा ओम प्रकाश भट्टराई सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरी सहसचिवमा स्वस्तिका आचार्य चयन भएकी छिन् । कार्यसमिति सदस्यहरुमा तुलसी निरौला, दिपक ढुङ्गाना, रोषन भट्टराई, राजन बास्कोटा, रेवतीराज घिमिरे, द्रोण आधिकारी, बिष्णु पौडेल, ओसिन राज्य लक्ष्मि भट्टराई, राधा खनाल, सविन सुब्बा, आत्माराम राजबंशी, रणदेव हजाम र तलु वास्के सदस्यमा सर्वसम्मत चयन भएका छन् ।

सोही अवसरमा युनियनले लोकतान्त्रिक आन्दोलनमा विशिष्ट योगदान पुर्याएबापत पूर्वसांसद डिल्ली सिटौलालाई लोकतान्त्रिक योद्धाका रुपमा सम्मान गरेको थियो ।

त्यस्तै, अग्रज पत्रकार चिन्तामणि दाहाललाई खगेन्द्र कार्की स्मृति अग्रज पत्रकारिता पुरस्कार र पत्रकार शुशीला संग्रौलालाई खगेन्द्र कार्की स्मृति कृयाशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७५, आइतबार  ५ : ३१ बजे