५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गौरीगञ्ज गाउँपालिकाले फलफुल वितरण गरेर मनायो संबिधान दिबस


३ आश्विन २०७५, बुधबार  

0
Shares

20180919_135746
गौरीगञ्ज ३,असाेज / संबिधान दिबस तथा पाँचाै परिबार नियोजन दिबसको अबसर पारेर गौरीगञ्ज गाउँपालिकाले अाज परिवार नियाेजन गरेका बिरामीहरुलाई फलफुल बितरण गरेको छ ।
संबिधान दिबसको उपलक्ष्यमा गाैरीगंज प्राथमिक स्वास्थ केन्द्रमा एक औपचारिक कार्यक्रमको आयोजना गरी उत्त फलफुल बितरण गरिएको हो । गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा बडाअध्यक्ष मखना महतो , प्रास्वाके प्रमुख बिद्या पोखरेल, नेका महासमिती सदस्य फुलबती राजवँशी वडासदस्य राधा अधिकारी लगायतले मन्तब्य राखेका थिए । यसैगरी गाैरीगंज गाउँपालिकाकाे १ देखि ६ सम्मकै बडा कार्यालयहरूमा दिप प्रज्जवन गरिने जनाएकाे छ ।
परिबार नियोजन दिबसको अबसरमा प्रास्वा केन्द्रमा असोज १ गतेदेखि सँचालन गरेको बन्ध्याकरण शिबिरबाट सन्तानका रहर पुगेका ३० जनाले बन्ध्याकरण गराएका थिए । । ३० जना मध्ये १७ जनाले बन्ध्याकरण २ जनाले आईयुसीडी र ११ जनाले ईम्प्लान्ट सेबा लिएको कुरा गाउँपालिकाका स्वास्थ्य प्रमुख बिकास पौडेलले जानकारी दिए ।
20180919_141104

20180919_141212

प्रकाशित मिति : ३ आश्विन २०७५, बुधबार  ९ : ४९ बजे