३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

एमाले पार्टीको वनभोज कार्यक्रम


२७ चैत्र २०७२, शनिबार  

0
Shares

दमक २७, चैत /  पर्यटकीय स्थलको रुपमा पहिचान दिने उद्धेश्यले दमक– ५ स्थित विश्वकै अग्लो  बुद्धको मुर्ति बन्ने स्थल देखि करिव २ सय मिटर माथि नेकपा एमाले पार्टीले शुभकामना आदान प्रदान तथा बनभोज कार्यक्रम गरेको छ ।
नेकपा एमाले दमक नगर कमिटी र वडानम्वर– ५ को वडा कमिटीले आज बुद्धको मुर्ति बन्ने स्थल माथितिर नव वर्ष २०७३ सालको अवसरमा शुभकामना आदान प्रदान तथा बनभोज कार्यक्रम सम्पन्न गरेको हो ।  एमालेका कार्यकर्ता र सर्वसाधारण भेला भइ जनवादी लोक र फिल्मी गीत गाएर नाच गान गरी रमाइलो गरेका थिए ।
नेता कार्यकर्ता र सर्वसाधारण बीच शुभकामना आदान प्रदान पनि गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि एमाले अनुशासन आयोगका सदस्य अर्जुन राईले नव वर्ष २०७३ ले सम्पूर्ण नेपालीलाई सुख समृद्धिको कामना गदै संविधानको कार्यन्वयनमा  लाग्न सबैलाई आग्रह गरेका थिए ।  समाज भित्र रहेका बिभिन्न जाती बीच द्धन्द भन्दा पनि सहकार्य गर्न नव वर्षले सहयोग गरोस भन्दै उनले शुभकामना ब्यक्त गरेका थिए ।  नगर कमिटीका अध्यक्ष अम्विका खनालको अध्यक्षतामा भएको कार्यक्रममा सांसद दिपक कार्कीले एक नेपाली र अर्काे नेपाली बीच सुमधुर सम्वन्ध कायम रहोस भन्दै शुभकामना ब्यक्त गरेका थिए ।  संविधानका बिषयमा आएको भ्रमलाई चिर्दै संविधानका राम्रा पक्षका बिषयमा सर्वसाधारणलाई बुझाउन आग्रह गरेका थिए ।  सरकारले दमक– ५ स्थित हंसदुम्से गाउँमा  बिश्वकै अग्लो बुद्धको मुर्ति बनाउने निर्णय  केही महिना अघि गरी सकेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७२, शनिबार  १० : ३४ बजे