२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

मुस्लिम समाज गाैरीगंजकाे कठाेर निर्णय


१३ भाद्र २०७५, बुधबार  

0
Shares

FB_IMG_1535456323130

गाैरीगंज १३, भदौ / नेपाल मुस्लिम नागरिक समाज गाैरीगंजले मुस्लिम समुदायलाई सभ्य र अनुशासित बनाउनेे उदेश्यले विभिन्न कठाेर निर्णयहरू गरेकाे छ । हालै बसेकाे समाजकाे बैठकबाट गरिएकाे निर्णयलाई उल्ङ्घन गरे सामाजिक बहिष्कारसमेत गर्न सकिने जनाइएकाे छ । लागूअाैषध सेवन गरि, जाड रक्सी पिएर कुटपिट गरे पहिलाे पटकलाई ५५१ रूपैयाँ, दाेस्राे पटकलाई ११०० रूपैयाँ, तेस्रो पटकलाई १५५१ रूपैयाँ जरिवाना लगाउने र चाैथाै पटकसम्म कुटपिट गर्नेलाई सामाजिक बहिष्कार गर्नेसम्मकाे निर्णय गरिएकाे हाे । समाजका अध्यक्ष नसीर उदीनकाे अध्यक्षतामा बसेकाे बैठकले मुस्लिम समुदायलाई एकीकृत तथा संगठित बनाउन प्रत्येक मुस्लिम सदस्यबाट प्रति महिना १ सय रूपैया लेबी उठाई बैंकमा जम्मा गर्ने र त्यसकाे ब्याजबाट विपन्न,गरिब तथा असहाय व्यत्तिलाई सहयाेग गर्ने निर्णय गरेकाे छ । समाजका अध्यक्ष नसीर उदीनले सामाजिक न्याय अन्तर्गत सामाजिक दण्ड र सजाय दिने हामीले निर्णय गरेकाे बताए । मुस्लिम समाजमा केही समय देखि कुटपिटका घटना बढ्दै गएकाे र समाजलाई नै अपहेलित गर्ने खालका घटना घट्दै गएकाे हुनाले यस प्रकारका निर्णय गर्नु परेकाे समाजका उपाध्यक्ष माे अासामुदिनले बताए । अध्यक्ष नसीरले भने ‘हाम्रो मुस्लिम समाजमा जाड रक्सी खाने चलन छैन, जाड रक्सी खानु भनेकाे मुस्लिम धर्मकाे खिल्ली उडाउनु सरह हाे ।’ ‘जाड, रक्सी सेवन गरेर समाजमा हाे हल्ला गरे वा कसैमाथि कुटपिट गरे हामीले कारबाही गर्छाै’ उनले अघि भने – ‘जसरी नि भए पनि सभ्य समाज निर्माण गर्नुछ । ‘ २०७४साल मंसीर ७ गते स्थापना भएकाे समाजकाे हाल १५० सदस्य संख्या छन् । समाजले प्रत्येक महिनाकाे पहिलाे हप्ता बैठक बस्नेसमेत निर्णय गरेकाे छ ।
गाैरीगंज गाउँपालिकामा मुस्लिम नागरिक समाजकाे अगुवाइमा केही समयदेखि विभिन्न सामाजिक कार्यहरू हुँदै अाएकाे छ ।
FB_IMG_1535456323130

प्रकाशित मिति : १३ भाद्र २०७५, बुधबार  ६ : २९ बजे