३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

गौरीगंज गाउँपालिकाको वार्ड नं. १ खुल्ला दिसा मुक्त क्षेत्र घोषणा


२३ माघ २०७४, मंगलबार  

0
Shares

image3

गौरीगंज २३, माघ / गौरीगंज गाउँपालिकाका वार्ड नं. १ महाभाराले मंगलबार खुल्ला दिसामुत्त क्षेत्र घोषणा गरेको छ । झापा जिल्लालाई चैत्र मसान्त भित्र खुल्ला दिसामुत्त क्षेत्र घोषणा गर्नुपर्ने समयसिमा सक्नु अघि नै गौरीगंज गाउँपालिकाको वार्ड नं. १ ले खुल्ला दिसामुत्त वाड घोषणा गरेको हो । खुल्ला दिसामुक्त क्षेत्र घोषणा कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेलले झापामा अहिले पनि २३ हजार घर परिवारसंग शौचालय नरहेको तथ्यांक भएको हुदा“ जिल्लालाई दिशा मुक्त जिल्ला घोषणा गर्न चुनौती रहेको बताए । उनले गौरीगंज गाउ“पालिकाको वार्ड नं. १ ले खुल्ला दिसा मुत्त क्षेत्र घोषणा गर्नु झापा जिल्लाकै उदाहरणीय कार्य भएको हुदा“ अब बाकी वार्डलाई पनि समयसीमा अघि नै यस कार्य तर्फ अघि बढ्न सुझाए । वार्ड नं. १मा जम्मा १६ सय ५८ घर धुरी रहेकोमा खुल्ला दिशा मुक्त क्षेत्र घोषणा अभियान अघि सुरक्षित शौचालय ८ सय ८३ मात्रै थियो भने अभियान पश्चात बाकी ७ सय ७५ घरधुरीमा सुरक्षित शौचालय निर्माण गरिएको वार्ड नं १ का वार्ड अध्यक्ष कार्तिकलाल राजवंशीले बताए । कार्यक्रममा विशेष अतिथि रहेका गौरीगंज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले गौरीगंज गाउँपालिकालार्इृ खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्न कुनै कसरबाकी नराखिने बताए । गौरीगंज गाउँपालिका बाड नं. २ लाई पनि केही दिन पछि खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिने बताए । वार्ड नं. २ कारोबारीमा अब १ सय ५० घरधुरी शौचालय बिहिन रहेको हुदॉ त्यस तर्फ तदारुकतासाथ अभियान सञ्चालन गरिएको छ । कार्यक्रममा वार्ड नं. २ का वडा अध्यक्ष अघनु राजवंशी, रेडक्रसकर्मी कैलाश मास्के, बाल कल्याण माविका भोला खतिवडा, जेष्ठ नागरिक संघका अध्यक्ष विश्व प्रसाद अधिकारी, युएन हयाबीटेडका बिनोद शर्मा, सोम आचार्य, वार्ड जनप्रतिधि, स्थानीय संघ संस्थाका प्रतिनिधिलगायत स्थानियहरुको उल्लेखनिय सहभागिता थियो । वार्ड नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशीको सभापतित्वमा भएको घोषणा कार्यक्रमको सञ्चालन वार्ड का सचिब भीम बहादुर अधिकारीले सञ्चालन गरेका थिए ।

घोषणा कार्यक्रमका फोटोहरु हेर्नुहोस् ।

image13
image12
image11
image10
image9
image7
image

image1

image2

image4

image5

image6

image8

प्रकाशित मिति : २३ माघ २०७४, मंगलबार  १ : २८ बजे