२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

राजवंशी युवा समाजको केन्द्रीय अध्यक्षमा अर्जुन राजवंशी चयन



बिर्तामोड, असोज २२ । पत्रकार अर्जुन राजवंशी, राजवंशी युवा समाजको केन्द्रीय अध्यक्ष पदमा चयन भएका छन् । राजवंशी समाज विकास समिति केन्द्रीय समितिले आज झापाको घैलाडुब्बामा आयोजना गरेको बृहत भेलामार्फत पत्रकार अर्जुन राजवंशीलाई राजवंशी युवा समाजको केन्द्रीय अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

भेलाले राजवंशी समाज विकास समितिको विधानअनुसार मनोनितसमेत गरी २५ सदस्यीय युवा समिति गठन गरेको हो । राजवंशी युवा समितिको उपाध्यक्ष पुरुषतर्फ विक्रम राजवंशी, उपाध्यक्ष महिलातर्फ पिङ्की राजवंशी, महासचिवमा प्रशान्तकुमार राजवंशी, दुई जना सचिवमा कपिलदेव राजवंशी र मेनुका राजवंशी तथा कोषाध्यक्षमा अनिल राजवंशीलाई सर्वसम्मत चयन गरेको राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशीले जानकारी दिए ।

राजवंशी युवा समाजको सदस्यमा हेमनारायण राजवंशी, भरत राजवंशी, रोजिन राजवंशी, रितेश राजवंशी, टंक राजवंशी, सरोज राजवंशी, सतिस राजवंशी, अभिषेक राजवंशी, मेघा राजवंशी, अर्जुन राजवंशी, हरदेव राजवंशी, हृदयनन्द राजवंशी, करण राजवंशी, शंकर राजवंशी र नरेश राजवंशी सर्वसम्मत चयन भएका छन् । भेलाले २२ सदस्यीय समिति चयन गरेको हो । अन्य ३ जनालाई केन्द्रीय समितिको बैठकले मनोनित गर्ने केन्द्रीय अध्यक्ष अभय राजवंशीले जानकारी दिए ।

निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई आजै निर्वाचित भएको प्रमाणपत्र वितरण गरिएको छ । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद राजवंशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा झापा, मोरङ, सुनसरी र काठमाडौंमा बसोबास गर्ने राजवंशीहरुको सहभागिता रहेको थियो ।

नवगठित राजवंशी युवा समाजलाई राज्यमन्त्री भूमिप्रसाद राजवंशी, प्रदेशसभा सदस्य निमसरी राजवंशी, कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशी, राजवंशी महिला समाजका केन्द्रीय अध्यक्ष सनम राजवंशी, कोच राजवंशी साँस्कृतिक संरक्षण तथा पर्यटन प्रवर्द्धन केन्द्रका अध्यक्ष प्रेमप्रसाद राजवंशी, राजवंशी समाज विकास समितिका झापा जिल्ला अध्यक्ष नौतली राजवंशी, मोरङ जिल्ला अध्यक्ष रमेश राजवंशी, उद्योग व्यवसायी समिति अध्यक्ष रुपक राजवंशी, धर्म संस्कार समितिका अध्यक्ष देवचरण राजवंशीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा राजवंशी साहित्य नामक पुस्तक समेत विमोचन गरिएको छ । राजवंशी समाज विकास समितिअन्तर्गतको राजवंशी साहित्य प्रकाशन समितिले प्रकाशन गरेको पुस्तक राज्यमन्त्री राजवंशीले विमोचन गरेका थिए ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ९ : ०७ बजे