२६ जेष्ठ २०८३, मंगलबार | Wed Jun 10 2026

गौरीगंज वार्ड नं. ५ चिल्हारामा एक दिने स्वास्थ्य शिविर, २ सय बढीले स्वास्थ्यलाभ लिए



गौरीगंज ५, असोज / नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ झापा क्षेत्र नं. ५ ले एक दिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ । गौरीगंज गाउँपालिका वार्ड नं. ५ चिल्हारामा आज शनिवार आयोजित स्वास्थ्य शिविरबाट २ सय भन्दा बढी सेवाग्राहीहरुले स्वास्थ्यलाभ लिएका थिए । दमक अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न स्वास्थ्य शिविरमा स्त्रीरोग विशेषज्ञ, जनरल फिजिसियन डाक्टरहरुले सेवा दिनुका साथै निशुल्कमा औषधि वितरण गरिएको थियो ।
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ झापा क्षेत्र नं. ५ का सभापति जितु धिमालको सभापतित्व र नेपाली कांग्रेस कोशी प्रदेश सदस्य तथा गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीको प्रमुख आतिथ्यतामा भएको शुभारम्भ कार्यक्रममा एक जना जेष्ठ नागरिकलाईसमेत सम्मान गरिएको थियो । औपचारिक कार्यक्रममा संविधान सभा सदस्य तथा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रिय उपाध्यक्ष विश्वदिप लिङदेन, नोपली कांग्रेस कोशी प्रदेश सदस्य चन्द्रा खड्का, जिल्ला उपसभापति शेरबहादुर भट्टराई, महासमिति सदस्य सुरेश सुब्बा, महासमिति सदस्य रोहित कुमार साह, झापा क्षेत्र नं. ५ का क्षेत्रिय सभापति ढुण्डीराज भण्डारी, झापा क्षेत्र नं. ५ ‘क’ का प्रदेश प्रमुख जिवन राई, प्रदेश ‘ख’ का सभापति रवि न्यौपाने, नेपाल लोकतान्त्रिक आदिवासी जनाजाती महासंघका जिल्ला सभापति दिलकुमार नेम्वाङ्ग, नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघका झापा क्षेत्र नं. ५ ‘क’ का सभापति राजेन्द्र ताजपुरिया, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका जिल्ला उपसभापति सोम तामाङ्ग, महाधिवेसन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका महाधिवेसन प्रतिनिधि चन्द्रसिंह राई दमक नगर उपसभापति सागर ढकाल, गौरीगंज गाउँपालिका सभापति अघनु प्रसाद राजवंशी, नेपाल महिला संघ झापा जिल्ला उपसभापति नौताली राजवंशी, गौरीगंज गाउँपालिका वार्ड नं. ५ का वडा सभापति सन्तोष सिंह गन्गाईलगायतको सहभागिता थियो ।
्र

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ८ : ११ बजे