४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

महिला संघ गौरीगंज वडा नं. ४ को वडा सभापतिमा ताजपुरिया सर्वसम्वत चयन



गौरीगंज ४, असोज / नेपाली कांग्रेस पार्टीको भगिनी संस्था नेपाल महिला संघ गौरीगंज वार्ड नं. ४ मा वडा समिति गठन भएको छ । नेपाल महिला संघ गौरीगंजकी सभापति हिमादेवी आचार्यको सभापतित्वमा भएको वडा भेलाबाट वडा समितिको सभापतिमा हिना देवी ताजपुरिया सर्वसम्मत चयन भएकी छन् । गौरीगंज गाउँपालिका वार्ड नं. ४ कदमगाछी स्थित रामजानकी मन्दिरको प्राङ्गणमा आज शुक्रवार भएको भेलामा नेपाली कांग्रेस पार्टीका कोशी प्रदेश सदस्य तथा गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीको उपस्थितिमा भएको कार्यक्रममा नव गठित वडा समितिको सभापति ताजपुरिया सहित उपसभापतिमा डोली कुमारी ताजपुरिया, शशिला देवी राजवंशी, सचिवमा सीमा देवी ताजपुरिया, सहसचिवमा पूजा कुमारी यादव,, कोषाध्यक्षमा दुर्गा सुवेदी चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा नितु क्रिषिदेव, रीता कुमारी राजवंशी, सकुनी देवी चन्द्रवंशी, झामवती ताजपुरिया,, चम्पा ताजपुरिया, र उजाला गिरी चयन भएका छन् ।
नेपाली कांग्रेस गौरीगंजका सभापति अघनु प्रसाद राजवंशी, जिल्ला सदस्य मखना महतो, नेपाल महिला संघ जिल्ला उपसभापति नौताली राजवंशी, गाउँपालिका सचिवद्वय गोपाल ताजपुरिया, हरिलाल यादव, वडा नं. ४ का कार्यवाहाक वडा सभापति मनोरथ गिरी, वडा सचिव दिवस राजवंशी, नवगठित वार्ड नं. ३ का महिला संघ सभापती लिलो देवी गिरी, क्षेत्रप्रतिनिधि पंचानन्द यादव, धनमाया ताजपुरियालगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन महिला संघ गौरीगंजकी उपसभापति रेखा कुमारी राजवंशीले गरेकी थिइन् ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ७ : २० बजे