११ बैशाख २०८३, शुक्रबार | Sat Apr 25 2026

बिएण्डसी कलेजलाई एम.बि.बि.एस. विद्यार्थी भर्ना सम्बन्धन दिन सर्वोच्चको परमादेश



सर्वोच्च अदालतले झापाको बिएण्डसी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन परमादेश दिएको छ। न्यायाधीश कुमार चुडाल र सारंगा सुवेदीको इजलासले  चिकित्सा शिक्षा आयोगले २०७६ साल चैत १२ गते उक्त कलेजलाई सम्बन्धन नदिने गरी गरेको निर्णय बदर गर्दै १५ दिनभित्र आवश्यक मापदण्ड पूरा गर्न लगाई सम्बन्धन दिन परमादेश दिएको हो।

उक्त इजलासले चैत १२ गते गरेको फैसलाको पूर्णपाठमा भनिएको छ, ‘मापदण्ड अनुसारको जनशक्ति (फ्याकल्टी) को व्यवस्थापन साथै सो निरीक्षण टोलीले तोकेका कार्यहरू पूरा गर्न लगाई १५ (पन्ध्र) दिनभित्र यस वर्षको शैक्षिक सत्र सुरू हुनुअगावै एम.बि.बि.एस. विद्यार्थी भर्ना गर्न पाउने गरी सम्बन्धन दिनू/ दिलाउनू भनी प्रत्यर्थीहरू काठमाडौं विश्वविद्यालय धुलिखेल काभ्रे, चिकित्सा शिक्षा आयोग सानोठिमी भक्तपुर लगायतका प्रत्यर्थीहरूका नाममा परमादेशको आदेश जारी हुने ठहर्छ।’

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  ८ : २८ बजे