३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026

दसैँ–तिहार गीत यतिखेर चर्चाको शिखरमा


६ कार्तिक २०७४, सोमबार  

0
Shares

Dashain Tihar1
विराटनगर/दशैं तिहारमा लिंगे पिङ सरर गरेर यो वर्षको दशै तिहार अति नै राम्रो भयो। गीतकार विश्वराज राजवंशीको लेखनमा गायकार कृष्ण भट्टराईले स्वर रहेको रातो टीका बोलको दसैँ–तिहार गीत यतिखेर चर्चाको शिखरमा पुगेको छ ।

दर्शक/श्रोतामाझ छाएको यो दशै–तिहार गीत घर फर्कने तथा अन्यत्र जानेबीच रुचिको गीत भएको छ । सधै व्यस्त हुने गायक भट्टराईको दसैँ–तिहार गीत विश्वराज राजवंशीले लेखेका हुन् । शंकर थापा (स्माईल)ले संगीत भरेका छन् ।

सञ्जय बरालले निर्देशन गरेको उक्त गीतको म्युजिक भिडियो विकास धमलाले सम्पादन गरेका छन् । विशेषगरी गीतमा धेरै वर्षपछि परदेशिएकाहरू दसैँ–तिहारको चाड मान्न स्वदेश आएको र भरपुर मनोरञ्जन र आनन्द गर्ने भाव समेटिएको छ ।

लिङ्गेपीङ खेल्ने, टीका थापी आशिर्वाद लिने, देउसी÷भैलो खेल्ने, सेलरोटी खाने, नयाँ–नयाँ लुगा लगाएर केटाकेटीहरूसँग रमाईलो गर्ने भाव दशै–तिहार गीतले बोकेको छ । म्युजिक मेलोडीमार्फत सार्वजनिक गरिएको म्युजिक भिडियो सुन्दर नगरी पोखरामा छायांकन गरिएको हो ।

प्रकाशित मिति : ६ कार्तिक २०७४, सोमबार  ११ : ५९ बजे