४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

वर्षासँगै आएको हावाहुरीले गौरीगंज –६ का अक्तर आलमको घरमा क्षति



गौरीगंज १३, असोज / वर्षासँगै आएको हावाहुरीले गौरीगंज गाउँपालिका वार्ड नं. ६ कन्चिरा बस्ने अक्तर आलमको घरको छाना उडाएको छ । आज शनिवार विहान परेको वर्षासंगै आएको हावाहुरीले टिनको छाना उडाउँदा करिब १ लाख रुपैयाँ बरावरको क्षति भएको वार्ड सदस्य आसामुदिन मियाँले जानकारी दिएका छन् । टिनसहित काठले बनाएको छाना उडेपछि पानीले लत्ताकपडा, खाद्यान्न, साथै घर भित्र रहेका अन्य सबै सामानहरु भिजेर क्षति भएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ४ : ३१ बजे