४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

सामाजिक सञ्जाल र अनलाइनबाट आक्रमक प्रचार गर्ने कांग्रेसको तयारी


८ बैशाख २०७४, शुक्रबार  

0
Shares

images_cms-image-000020541
काठमाडौं / नेपाली कांग्रेसले आसन्न स्थानीय निर्वाचनलार्इ लक्षित गरेर सामाजिक सञ्जाल र अनलाइनबाट आक्रामक प्रचार गर्ने भएको छ। त्यसका लागि बिहिबारदेखि पार्टीले केन्द्रीय कार्यलय सानेपामा मिडिया सेन्टर सञ्चालनमा ल्याएको छ।

कांग्रेसले सामाजिक सञ्जालबाट चुनाब प्रचारलाई व्यापकता दिने तयारीका साथ उक्त मिडिया सेन्टरलार्इ सञ्चालमा ल्याइएको बताइएको छ।

फेसबुक, ट्विटरबाट पनि चुनाब क्याम्पियन चलाइने छ। त्यसका लागि अन्य देशमा चुनाब क्याम्पियन सञ्चालन गरेका अनुभवी व्यक्तित्वलाई निम्ताएर तालिम सञ्चालन गरिने छ। पार्टीको घोषणापत्रका मुख्य बुँदा प्रचार गर्न एवं प्रतिस्पर्धीले लगाएका आरोपको खण्डनका लागि सोसल मिडिया उपयोग गरिने रणनीति बनाएको जानकारी दिइएको छ।

उच्च गतिका इन्टरनेटसहितका कम्प्युटर, फोटो कपी, फ्याक्स तथा टेलिफोनसहितको मिडिया सेन्टर अधिकतम समय सञ्चालनमा राख्ने तयारी भइरहेको छ। उक्त मिडिया सेन्टरमा ७५ वटै जिल्लाका पार्टीका स्थानीय इकाइको तथ्याङ्क राखिने छ भने पार्टी कार्यलयमा आउने सञ्चारकर्मीहरुले पनि उक्त मिडिया सेन्टरको प्रयोग गर्न सक्ने छन्।

मिडिया सेन्टर पत्रकार महासंघका पूर्व अध्यक्ष सुरेश आचार्यको कमान्डमा रहने छ। ७ प्रदेशका लागि ७ कम्प्युटर राखिएका छन्। आउने १० गतेदेखि कांग्रेसले छापा, इलेक्ट्रोनिक, अनलाइन तथा सामाजिक सञ्जालबाट उक्त मिडिया सेन्टरको प्रयोग गरेर आक्रमक प्रचारमा जाने तयारी गरेको छ। मिडिया सेन्टरलार्इ दुर्इ सिफ्टमा चलाउनका लागि कर्मचारी परिचालन गर्ने तयारी समेत भइरहेको छ।

प्रकाशित मिति : ८ बैशाख २०७४, शुक्रबार  १० : ११ बजे