७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025

गौरादह नगरपालिकामा घरजग्गा तथा अन्य करमा अचाक्ली वृद्वि, खबरदारी समितिद्वारा दामुनामा विरोध



गौरादह ४, भाद्र / गौरादह नगरपालिकाले घरजग्गा तथा अन्य कर वृद्धि गरेपछि त्यसको विरोध भएको छ । चालु आर्थिक वर्षदेखि घर–जग्गा तथा अन्य कर वृद्धि भएको विषयमा सोमबार नेपाली काङ्ग्रेसको स्थानीय समन्वय तथा खबरदारी समितिले विरोध कार्यक्रम गरेको हो।
गौरादह-६ दामुना बजारमा भएको कार्यक्रममा बोल्दै समितिका संयोजक तथा गौरादह नगरपालिकाका निवर्तमान नगरप्रमुख रोहितकुमार साहले अस्वभाविक करको दर वृद्धि गरी आम जनताको ढाड सेक्ने काम गरेको भन्दै त्यसलाई पुनः विचार गर्न आग्रह गरे । उनले आर्थिक वर्ष ८९र८० कै कर यथावत कायम गर्न जोडदार माग गरे।
नेपाली काङ्ग्रेस गौरादहले कर वृद्धिका विषयमा गौरादह नगरप्रमुख छत्रपति सुवेदीलाई ध्यानाकर्षण पत्र बुझाइसकेको छ। गौरादह काङ्ग्रेसले यहाँका ९ वटै वडामा समेत ध्यानाकर्षण पत्र बुझाइसकेको जनाएको छ। कार्यक्रममा कांग्रेस नेताहरु विरवहादुर प्रसाई, सिताराम भट्टराईलगायतका नेताहरु विरोध सभालाई सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ९ : ५७ बजे