२९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026

नेपाल र भारतका विभागीय टोली भिड्दै


१९ चैत्र २०७२, शुक्रबार  

0
Shares

बिर्तामोड १९, चैत /झापा गोल्डकपमा शुक्रबार नेपाल पुलिस क्लबले भारतको गोर्खा व्वाईजको सामना गर्दैछ। बिर्तामोडको डोमालाल रंगशालामा दिउँसो ३ बजेदेखि सुरूहुने प्रतियोगितामा नेपाल र भारतकै बिभागिय टिम भिड्ने भएका हुन्। नेपाल पुलिससँग भारतको बैंगलोरस्थित गोर्खा व्वाईज अर्थात भारतीय सेनाको टिमले सामना गर्ने आयोजक झापा फुटबल संघका अध्यक्ष जलकुमार गुरुङले बताए।

यस अघि हिजो भएको खेलमा झापा ११ अघिल्लो चरणमा प्रवेश गरेको छ। उसले भारतको साङ्ली क्लवलाई ९-०को भारी गोल अन्तरले हराउँदै अघिल्लो चरणको यात्रा तय गरेको हो।

प्रकाशित मिति : १९ चैत्र २०७२, शुक्रबार  ६ : २३ बजे