३० माघ २०८२, बिहिबार | Thu Feb 12 2026



काठमाडौं महानगरपालिकाले मिचिएको टुकुचा खोलाको इन्जिनियरिङ गरी नक्सांकनसहितको प्रतिवेदन तयार पारेको छ। प्रतिवेदनमा मिचिएको टुकुचामात्र देखाइएको छैन्, अतिक्रमण हटाएपछि बनाइने संरचनाको ड्रोइङसमेत तयार पारिएको छ। 

शुक्रबारबाट महानगरपालिकाले हराएको टुकुचा खोला खोज्न थालेको छ। महानगरपालिकाको वडा–१ मा रहेको जयनेपाल हलको कम्पाउण्ड खोतल्दा खोला भेटिएको थियो।

महानगरपालिकाले जारी गरेको प्रतिवेदनमा निर्मल निवास पछाडि सुनदेवीबाट सुरु भएको टुकुचा खोला नारायणहिटी दरबार संग्रहालयभित्र कल–कल बगिरहेको देखिन्छ।

आफैं इन्जिनियर समेत रहेका मेयर बालेन्द्रको नेतृत्वमा तयार पारिएको टुकुचाको परिकल्पना यस्तो छः

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ४ : २६ बजे