३१ भदौ २०८२, मंगलबार | Tue Sep 16 2025

पाँचदलीय गठबन्धनले झापामा गठबन्धनलाई परिणाममुखी बनाउन अरु दलहरु थप गर्ने निर्णय



बिर्तामोड १९ ,चैत / पाँचदलीय गठबन्धनले झापामा गठबन्धनलाई परिणाममुखी बनाउन अरु दलहरु थप गर्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेस झापाका सभापति एवं गठबन्धन दलका झापा संयोजक देउकुमार थेबेको अध्यक्षतामा बसेको संयुक्त बैठकले प्रतिगामी बाहेकका दल थप गर्ने निर्णय गरेको हो ।

बैठकले १५ वटै पालिकामा दलका पालिका प्रमुख र थप एकजना तथा क्षेत्रीय समितिले तोकेका एक– एकजना प्रतिनिधिसहित प्रतिदल तीनजनाका दरले बैठक बसी चैत २१ गतेभित्र जिल्लामा प्रतिबेदन पठाउन निर्देशन दिने निर्णय गरेको नेपाली कांग्रेस झापाका सचिब कृष्ण हुमागाइले जानकारी दिए । पालिकाहरुको गठबन्धन दलको बैठकले बिगत निर्वाचनमा दलहरूले प्राप्त गरेको मत विवरण र बर्तमानको अवस्था समेतलाइ उल्लेख गरी यथाशीघ्र जिल्लामा प्रतिबेदन बुझाउन पनि निर्देशन गरेको छ ।

संयोजक थेबेको सभापतित्वमा सम्पन्न बैठकमा नेपाली कांग्रे्रेसका सुधिरकुमार शिवाकोटी, कृष्ण हुमागाई, नेकपा माओवादीका झलकसिंह दर्लामी , राजु आचार्य , सिपी कडरिया, नेकपा समाजवादीका बेदराज रेग्मी, मणि भण्डारी र निलमणी बराल, इन्द्र बुढाथोकी, जनता समाजवादी पार्टीका दिपेनबाला राई र धिरेन सम्बाहाम्फेलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ११ : ०१ बजे