६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

नेपाली कांग्रेस क्षेत्र नं. ५ प्रदेश (क) समिति सञ्चालन गर्न राजवंशीद्वारा २५ हजार सहयाेग, खत्रीसहित ६ जना प्रदेश समिति सदस्यमा मनाेनित



गाैरादह १४, फागुन / नेपाली कांग्रेस झापा क्षेत्र नं. ५ प्रदेश (क) समितिका सभापति जिवन राईले १४ औं अधिवेशनमा उपविजेता भएका ज्ञानेन्द्र खत्री सहित ६ जनालाई प्रदेश सदस्यमा मनाेनित गरेका छन् ।

समितिकाे आज शनिवार विहान बसेकाे बैठककाे निर्णय अनुसार सभापति राईले नेपाली कांग्रेसकाे विधानकाे धारा १० उपधारा ४ बमाेजिम क्षेत्रिय प्रदेश सदस्यमा मनाेनित गरेका हुन् । खत्री नेपाली कांग्रेस झापा क्षेत्र नं. ५ प्रदेश (क) समितिका सभापति पदकाे प्रत्यासि थिए ।
मनाेनित हुने अन्य सदस्यहरू तुलसा राजवंशी, बासु गन्गाई, निर्मला बास्काेटा, भाेला पाेख्रेल र महेन्द्र प्रसाई रहेका छन् ।

त्यसैगरी बैठकले समितिका सदस्य बदिराम राईलाई काेषाध्यक्षकाे जिम्मेवारी दिने निर्णय गरेकाे छ । समितिकाे कार्यसञ्चालनमा सहजता ल्याउन र विधान बमाेजिम उनलाई काेषाध्यक्षकाे जिम्मेवारी दिएकाे प्रदेश समितिका सभापति जिवन राईले बताए ।
प्रदेश समितिकाे कार्य सञ्चालन गर्न नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधि तथा गाैरादहका सामाजिक व्यक्तित्व सम्पत लाल राजवंशीले २५ हजार रूपैयाँ आर्थिक सहयाेग गरेका छन् । उनले आजै समितिका सभापति जिवन राईलाई २५ हजार रूपैयाँ नगद हस्तान्तरण गरेका छन् ।

नेपाली कांग्रेस क्षेत्र नं. ५ प्रदेश (क) समितिका सभापति जिवन राईकाे सभापतित्वमा बसेकाे पुर्ण बैठकमा स्थानिय निर्वाचन, पार्टीको वर्तमान गतिविधि र विविध समसमायिक विषयमा छलफल समेत भएकाे थियाे । आगामी वैशाख ३० गते हुने स्थानिय निर्वाचन, पार्टीको वर्तमान गतिविधि, प्रदेश समितिमा उपसमिति तथा विभाग गठन, टाेलसमिति गठनलगायतका विषयमा प्रदेश सदस्यहरूले आ-आफ्ना धारणा प्रस्तुत गरेका थिए ।
वैठकमा प्रदेश सदस्य दिपा गाैतमले अधिवेशनबाट हार वेहाेरेका साथीहरूलाई पार्टीको गतिविधिमा सहभागी गराउने र उनीहरूलाई संगै अगाडी बढाउन पार्टीका नेता तथा कार्यकर्ताहरू लाग्नु पर्ने धारणा राखेका थिए । प्रदेश समितिका उपसभापति पदम ढुङ्गाना स्थानिय तहकाे निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई जित सुनिश्चित गराउन जिम्मेवारी बाडँफाट गर्नु पर्ने बताएका थिए । अमेरिकी परियाेजना एमसीसीका विषयमा विपक्षी पार्टीहरूले गलत प्रचार गरी कांग्रेसलाई बदनाम गरिरहेकाेले त्यसकाे प्रतिवाद गर्न कांग्रेसी नेता तथा कार्यकर्ताहरू लाग्नु पर्ने बताए । प्रदेश सदस्य बदिराम राईले नेपाली कांग्रेस पार्टीप्रतिकाे आकर्षण जनतामाझ उत्साह जनक भएकाेले सबैले आ – आफ्नाे ठाउँबाट सक्रियरूपमा लागि पार्टीलाई अगाडि बढाउनु पर्ने धारणा राखे ।
त्यसैगरी प्रदेश सदस्य किसाेर पाैडेलले पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा गाैरादहमा आउँदा सबै पार्टी पंक्तिलाई निमन्त्रणा गराउदा पनि उत्साहजनक सहभागीता नभएकाेप्रति दुः ख ब्यक्त गर्दै यस प्रकारकाे गतिविधि नदाेहरिन प्रदेश समिति सशक्त भुमिका खेल्नु पर्ने बताएका थिए ।
प्रदेश समिति सदस्य दिक्षा काेइरालाले झापाले विश्वप्रकाश शर्मालाई पार्टीको महामन्त्री पाईरहदा उहाँ सहभागी भएकाे कार्यक्रममा कांग्रेसजनहरूकाे उत्साहजनक उपस्थिति नहुनु लाजास्पद घटना भएकाे बतउँदै त्यस प्रकारका विषयमा प्रदेश समितिले गम्भीर रूपमा लिनु पर्ने बताए । यस प्रकारकाे गतिविधिले स्थानिय तहकाे निर्वाचनमा समेत असर पर्न सक्ने भएकाेले यस विषयमा सचेत रहनु पर्ने प्रदेश सदस्य काेईरालाकाे धारणा थियाे ।
प्रदेश सदस्य भाेला चक्रवतीले टाेल विकास समिति गठन तथा अन्य पार्टीको गतिविधिमा स्थानिय वडा समितिहरूले प्रदेश समितिका सदस्यहरूकाे प्रतिनिधि भए उहाँहरूसंग पनि समन्वय गर्नुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ११ : ५१ बजे