६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

गाैरीगंज गाउँपालिका वार्ड नं.३ वडा कार्यालयकाे समुद्वघाटन, आफ्नै नवनिर्मित भवनबाट सेवाग्राहीलाई सेवा दिन शुरू



गाैरीगंज ११, फागुन / गाैरीगंज गाउँपालिका वार्ड नं.३ वडा कार्यालयले अाज बुधबारबाट आफ्नै नवनिर्मित भवनबाट सर्वसाधारणलाई सेवा दिन शुरू गरेकाे छ ।
भवन निर्माणकाे सम्पुर्ण कार्य सम्पन्न भएपछि वडा कार्यालयले भाडामा रहेकाे भवनबाट नयाँ भवनमा सेवा सुचारू गरेकाे हाे ।
नयाँ भवनमा धार्मिक विधिपुर्वक पुजाआजा गरी रिवन काटेर अध्यक्षकाे कक्ष कार्यालयमा वडा अध्यक्ष मखना महताेले प्रवेश गरेका थिए । उनले नयाँ भवनबाट सेवा सुचारू गरेकाे अवसरमा सेवाग्राहीलाई सिफारिस दस्तुर निःशुल्क गरेका थिए । गाैरीगंज गाउँपालिका वार्ड नं. ३ स्थायी घर भएका सृजना कुमारी राजवंशीलाई नेपाली नगरिकताकाे प्रमाणपत्रकाे लागि निशुल्कमा सिफारिस गरेका थिए । राजवंशी कार्यालय समुद्वाटनकाे पहिलाे सेवाग्राही थिईन ।
भाडाका घरमा प्रयाप्त कोठा नहुँदा कार्यालय सञ्चालन गर्न अप्ठरो थियो । सेवाग्राहीलाई सेवा दिनसमेत कठिन थियो । नयाँ भवन निर्माणसँगै कार्यालयको समस्या हटेको वडा अध्यक्ष मखना महताेले बताए ।

वडा कार्यालयकाे भवन समुद्वाटन कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले कार्यालयकाे समुद्वघाटन गरेका थिए । पण्डित निलमणि काफ्लेद्वारा धार्मिक मन्त्राेउच्चारण गर्दै विधिपुर्वक पुजाअाजा गरी गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले रिवन काटेर नवनिर्मित भवनमा प्रवेश गरेका थिए ।
निर्माण कार्य पूरा भएकाे वडा कार्यालयकाे भवनमा १ वटा सभाकक्ष, ३ वटा कार्यालय प्रयोजन कक्ष, सुविधा सम्पन्न शौचालय रहेका छन् । नवनिर्मित एकतले भवन आफ्नै वडा कार्यालयकाे करिब ४ कठ्ठा १० धुर जग्गामा निर्माण भएकाे वडा सदस्य हेमा आचार्यले जानकारी दिईन् । गाउँपालिकाकाे ६६ लाख रूपैयाँकाे लागतमा भवन निर्माण गरिएकाे भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष सिताराम खड्का बताए । कार्यालय समुद्वघाटनका अवसरमा प्रमुख प्रशासकिय अधिकृत सन्ताेष श्रेष्ठ, वडा नं. ४ का वडा अध्यक्ष कुलप्रसाद गिरी, वडा नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशी, वडा नं. ६ का वडा अध्यक्ष बद्री नारायण यादव, एमाले गाैरीगंजका सचिव श्रवण गिरी, खानेपानी उपभोक्ता समिति गाैरीगंजका अध्यक्ष उमानाथ भण्डारी,रेडक्रस साेसाईटि गाैरीगंजका सभापति यादवराज रिजाल नव गाैरी सहकारीकी सिता पाेखरेल, महेन्द्र न्याैपानेलगायतले शुभकामना मन्तब्य राखेका थिए ।
वडा अध्यक्ष मखना महताेकाे अध्यक्षतामा भएकाे कार्यालय भवनकाे समुद्वघाटन कार्यक्रमकाे स्वागत वडा सदस्य हेमा आचार्यले गरेकी थिईन भने वडा सदस्यहरू भवेश दास, सरिता शेर्पा, सुम्निदेवी पासवान, ईलाका प्रहरी कार्यालयका प्रमुख राकेश रेग्मी, सशस्त्र सिमा सुरक्षा वल गाैरीगंजका प्रमुख महेन्द्र विष्ट, वडा नं. ३ एमालेका अध्यक्ष रूपक श्रेष्ठ, वडा नं. ३ नेपाली कांग्रेसका सभापति यादव श्रेष्ठ, एक्सेल बैक गाैरीगंज शाखा प्रमुख, स्वास्थ्य शाखा गाैरीगंज प्रमुद रामचन्द्र मिश्रलगायत स्थानियहरूकाे सहभागीता थियाे । कार्यक्रमकाे सञ्चालन वडा सचिव गाेविन्द राजवंशीले गरेका थिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ७ : ११ बजे