४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

प्राचिन काेच राज्यका महापुरूष चिल्लारायकाे ५१२औंं जन्माेत्सव मनाईयाे, गाैरीगंजमा शालिक निर्माणका लागि १० धुर जग्गा दान दिने घाेषणा



गाैरीगंज ५, फागुन/ विश्व वीर पुरूष चिल्हाराय ( शुक्लध्वज) काे ५१२ औं जन्म दिवस गाैरीगंज गाउँपालिका वार्ड नं. ५ काे चिल्हारामा मनाईएकाे छ ।
राजवंशी समाज विकास समिति झापाकाे आयाेजनमा बुधबार सम्पन्न उत्त कार्यक्रमकाे प्रमुख अतिथि राजवंशी समाज विकास समितिका केन्द्रीय उपाध्यक्ष माेहन राजवंशी थिए ।
प्राचिन काेच साम्राज्य विस्तार गर्ने क्रममा तत्कालिन काेच राज्यका राजा विश्वसिंहकाे दुई भाई छाेरा नरनारायण र शुक्लध्वज ( चिल्लाराय) मध्ये शुक्लध्वज प्रधानसेनापति थिए । उनले स- साना राज्यहरू एकिकृत गर्नेक्रममा चिल्हारामा विश्राम गर्ने गरेकाे र सेनाहरूकाे गढ बनाई बस्ने गरेकाले यस ठाउँकाे नाम चिल्लाहारा रहेकाेले उनकाे सम्झनामा जन्माेत्सव मनाईएकाे हाे ।
सन् १५१० मा जन्मेका विश्व पुरूष चिल्लाराय विश्वका तीन जना महापुरूष मध्ये एक जना उनी पनि रहेकाे ईतिहासविद पानीलाल राजवंशीले बताए ।
भारतकाे नाै सेनाकाे शैन्यशक्ति शुक्लध्वजसंग रहेकाे ईतिहास रहेकाेले चिल्हारामा ईतिहास झल्कने गरी उनकाे शालिक स्थापाना गर्नु पर्ने सहभागी बत्ताहरूकाे धारणा थियाे ।
राजवंशी समाज विकास समितिका जिल्ला अध्यक्ष दिनेश्वर राजवंशीकाे अध्यक्षतामा भएकाे जन्माेत्सव कार्यक्रममा महाविर चिल्लारायकाे शालिक निर्माणका लागि स्थानिय समाजसेवी कृष्णप्रसाद राजवंशीले १० धुर जग्गा दान दिने घाेषणा गरेका छन् । विश्वपुरूष चिल्लारायकाे नाममा गाउँकाे नाम चिल्हारा रहेकाले उनकाे ईतिहासलाई जिवित राख्न शालिक निर्माणका लागि जग्गा दान दिएकाे समाजसेवी कृष्णप्रसादले बताए ।
राजवंशी समाज विकास समितिका केन्द्रीय सचिव रण कुमार राजवंशी, केन्द्रीय सदस्य फुलवती राजवंशी, आदिवासी जनजाती राष्ट्रिय उत्थान प्रतिष्ठानका सदस्य सचिव कमल राजवंशी, काेचिला राष्ट्रिय मुक्ति माेर्चाका केन्द्रीय अध्यक्ष विध्यानन्द राजवंशी, काेचिला एकता माेर्चा केन्द्रीय अध्यक्ष दिनेश राजवंशी, काेचिला गाभुर फ्रन्टका केन्द्रीय अध्यक्ष अभय राजवंशी, राजवंशी धर्म संस्कार समिति झापा अध्यक्ष लखनलाल राजवंशी, ईतिहासविद पानीलाल राजवंशी, गाैरीगंज गाउँपालिका वार्ड नं. ५ का वडा अध्यक्ष विजयप्रसाद सिंह गन्गाई, वार्ड नं. ३ का वडा अध्यक्ष मखना महताेलगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रममा रासविसका केन्द्रीय सल्लाहाकार देवीप्रसाद राजवंशी, सिंचाई डिभिजन कार्यालय झापाका प्रमुख कृष्ण राजवंशी, पर्शुराम राजवंशी, नेपाली कांग्रेस गाैरीगंजका सभापति तथा वडा अध्यक्ष अघनुप्रसाद राजवंशी, नेकपा माअाेवादीका किना राजवंशी, वडा सदस्यहरू राजेन्द्र ताजपुरिया, लिलादेवी गन्गाई, देवनारायण सिंह गन्गाई, पत्रकारहरू अर्जुन राजवंशी, आत्माराम राजवंशी, मदन राजवंशी, युवा समाजसेवी प्रमाेद राजवंशी, लेखक गाेपाल राजवंशी लगायतकाे सहभागिता थियाे ।
राजवंशी समाज विकास समिति गाैरीगंजकाे सहअायाेजक रहेकाे कार्यक्रमकाे संयाेजक रत्न राजवंशी थिए भने स्वागत रासविसका जिल्ला उपाध्यक्ष नाैताली राजवंशी र संचालन मुनीलाल राजवंशीले गरेका गरेका थिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  १२ : २३ बजे