६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

प्रथम कोच राष्ट्रिय गायन प्रतियोगिता हुने


१ मंसिर २०७३, बुधबार  

0
Shares

singer 1

विर्तामोड १, मंसिर / प्रथम कोच राष्ट्रिय गायन प्रतियोगिता –२०७३ विर्तामोडमा हुने भएको छ । ‘कोच कला हामार जान, संस्कृति बाच्वार ताने गिदाई गान’ भन्ने नाराका साथ मंसिर ११गते अन्तिम फाइनल हुदैछ । रेडियो नेपाल काठमाडौंको प्रायोजकमा हुने प्रतियोगिताको निर्णायक मण्डलीमा संयोजक राष्ट्रिय गायक सिताराम ताजपुरिया, गायक बलराम राजवंशी, बलबहादुर राजवंशी, मानदेव ताजपुरिया र पुकारचन्द्र राजवंशी रहेका छन् । प्रतियोगितामा प्रथम हुनेलाई पचास हजार रुपैया“, दोस्रो हुनेलाई पचीस हजार रुपैया“, तेस्रो हुनेलाई पन्ध्र हजार रुपैया“ र दुई जनालाई पा“च–पा“च हजार गरी सान्त्वना पुरस्कार प्रदान गरिने आयोजक कोचिला राष्ट्रिय मुक्ति मोर्चाले जनाएको छ । प्रतियोगिताको सहआयोजक राजवंशी समाज विकास समिति झापा र कोचिला गाभुर फ्रन्ट झापा रहेका छन् । कोच समुदायको कला, संस्कृति, भाषा र पहिचानलाई संरक्षण गरी राष्ट्रियस्तरमा कोच समुदायबाट राष्ट्रिय गायक उत्पादन गर्ने उद्येश्यले सञ्चालन हुन लागेको प्रगियोगिताको अफिसियल मिडिया आरम्भ एफ.एम. १०४ मेघाहर्ज विर्तामोड र कोचिला न्युज डटकम रहेका छन् । प्रतियोगितामा भाग लिनका लागि मंसिर १ गतेदेखि मंसिर ६ गतेसम्म फारम भर्न सकिने र त्यसका लागि झापामा किर्ती कुमार राजवंशी फोन नं. ९८४२६५८३८७, खगेन राजवंशी ९८१४००००४०, पुकार चन्द्र राजवंशी ९८०७९१२६५५ र मोरङ्गमा बलबहादुर राजवंशी फोन नं. ९८४२३३४३०७ मा सम्पर्क गरी फारम सुरक्षित गर्न सक्नु हुनेछ । फाइनल विर्तामोड स्थित आ“गन होटलमा हुने आयोजक समितिले जनाएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७३, बुधबार  ११ : १९ बजे