गाैरीगंज ११, जेठ / गाैरीगंज गाउँपालिका शिक्षा समितिले शिक्षकहरूले आलाेपालाे उपस्थिति भई विद्यालयकाे आन्तरिक कामकाज गर्न सकिने निर्णय गरेकाे छ ।
शिक्षा समितिकाे अाज बसेकाे बैठकले सामाजिक दुरी र स्वास्थ्य मापदण्ड अपनाई विद्यार्थीकाे लिईएकाे परिक्षाकाे नतिजा जेठ २५ गतेसम्म प्रकाशन गरि सक्ने विद्यालयहरूलाई भनेकाे छ ।
विद्यालयहरूले २०७८ साल असार देखि नयाँ शैक्षिक सत्र प्रारम्भ गर्ने समितिले निर्णय गरेकाे छ ।
११ जेष्ठ २०७८, मंगलबार
0
Shares