४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरीगंज -१ का वडा अध्यक्षसहित जनप्रतिनिधि मृतक परिवारका घरमा पुग्याे


१७ माघ २०७७, शनिबार  

0
Shares

गौरीगंज १७,माघ / गौरीगंज गाउँपालिका वार्ड नं. १ ले मृत्युको शोकमा परेका एक परिवारलाई शनिवार समवेदना पत्र हस्तान्तरण गरेकाे छ ।

गौरीगंज गाउँपालिका वार्ड नं. १ मा स्थायी बसाेवास गर्दै आएका स्व. श्याम प्रसाद साहका परिवारलाई वार्ड कार्यालयले समवेदना पत्र हस्तान्तरण गरेकाे हाे । कार्यालयले गाउँपालिकाले तय गरेकाे ‘दुःखको साथी, भरोसा राखौं गाउँपालिका माथि’ भन्ने नाराका साथ गाउँपालिका भरी कुनै परिवार मृत्युकाे शाेकमा परेमा गाउँपालिकाको उपस्थिति रहने र राहत स्वरुप काजक्रिया खर्च वापत प्रति परिवारलाई १० हजार रुपैया“ उपलब्ध गराउने नीति अनुरुप रकम उपलब्ध गराउने वार्ड नं. १ का अध्यक्ष कार्तिकलाल राजवंशीले जानकारी गराएका छन् ।

कार्यक्रममा वार्ड नं. १ का अध्यक्ष कार्तिकलाल राजवंशी, कार्यपालिका सदस्य भीम प्रसाद राजवंशी, वार्ड सदस्य टंक श्रेष्ठ, राजभत्त सुनुवार, वडासचिव भाेजकुमार अधिकारी, नेपाली कांग्रेस क्षेत्रिय प्रतिनिधि निर्मला तामाङलगायतकाे उपस्थिति थियाे ।
स्व. साहकाे २०७७ साल माघ ९ गते विहिवारका दिन असामयिक निधन भएकाे थियाे । मृतक साहका दुई छाेरा बुहारीहरू रमेश / गीता साह र मन्टु / रेनुका देवी साह तथा छाेरीहरू सम्री देवी, हिरामनी देवी र काेशीला देवी साह छन् ।

 

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ३ : ०४ बजे