५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गाैरीगंजमा प्रहरी निरिक्षक रेग्मीको स्वागत, भट्टराईकाे विदाई


१६ आश्विन २०७७, शुक्रबार  

0
Shares


गाैरीगंज १६, असाेज / ईलाका प्रहरी कार्यालय गाैरीगंजका प्रहरी निरीक्षक गणेश प्रसाद भट्टराईकाे विदाई गरिएकाे छ । कार्यालयकाे परिसरमा आज एक कार्यक्रमकाे आयाेजना गरि प्रहरी निरीक्षक भट्टराई संघिय ईकाई प्रहरी कार्यालय धरान सरूवा भएपछि उनलाई विदाई गरिएकाे हाे । उनी करिब १४ महिना गाैरीगंज प्रहरी कार्यालयमा सेवा दिएका छन् । उनकाे स्थानमा केन्द्रिय प्रहरी विशेष कार्य दल काठमाडौंबाट सरूवा भई आएका प्रहरी निरीक्षक राकेश रेग्मीलाई स्वागत गरिएकाे छ । स्वागत तथा विदाई कार्यक्रमका प्रमुख अतिथि गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ थिए ।

कार्यक्रममा मन्तव्य राख्दै प्रहरी निरिक्षक भट्टराईले १४ महिनासम्म गाैरीगंज गाउँपालिकाकाे शान्ति सुरक्षा आफ्नाे क्षमताले भ्याएसम्म कायम राखेकाे बताए । आफ्नाे कार्यकालकाे अधिक समय विश्व व्यापीरूपमा फैलिएकाे काेभिड १९ काे महामारी राेकथाम गर्न गाैरीगंजवासी , स्थानिय सरकार , पत्रकार सबैले साथ दिएकाेमा धन्यवाद दिदै काेराेनाकाे महामारी नियन्त्रण गर्न सुरक्षाकर्मीले जाेखिममा रहेर कार्य गरेकाे प्रहरी निरीक्षक भट्टराईले बताए । विदाईकाे बेलामा अाफुलाई नमिठाे लागेकाे बताउदै प्रहरी निरीक्षक भट्टराईले भाैतिकरूपमा अाफु नरहेपनि सबैसंगकाे सम्बन्ध कायम रहने बताए ।

गाैरीगंज गाउँपालिका वार्ड नं.३ का वडा अध्यक्ष मखना महताेले स्वागत गरेकाे कार्यक्रममा गाैरीगंज गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापा, नेकपा प्रदेश कमिटि सदस्य अमर सिवाकोटी, नेकाका गाेपाल पाैडेललगायतले मन्तव्य राखेकाे कार्यक्रममा ईलाका प्रशासन कार्यालय गाैरीगंजका प्रमुख धनन्ञ्य कुमार साह, गाैरीगंज बहुमुखि क्याम्पसका प्रमुख सर्वतलाल राजवंशी, अमर खेलखुदका अध्यक्ष नन्दराज थापा, उद्याेग वाणिज्य संघ गाैरीगंजका सचिव श्रवण गिरी, वार्ड नं. ४ का अध्यक्ष कुलप्रसाद गिरी, वार्ड नं. ५ का अध्यक्ष विजयप्रसाद सिंह, गाैरीगंज माविका प्रअ गाेविन्द घिमिरे, खजुरगाछी माविका प्रअ गहेन्द्र साह, समाजसेवी केदार ढुंगेल, स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष देव ताजपरियालगायतकाे सहभागिता थियाे ।

७ लाख ५८ हजार ५ सय ११ रूपैयाँ राजस्व असुली

आर्थिक वर्ष ०७६/७७ मा ईलाका प्रहरी कार्यालय गाैरीगंजले बरामद गरेका सरसामानबाट ७ लाख ५८ हजार ५ सय ११ रूपैयाँ बराबरकाे राजस्व भन्सार कार्यालयलाई बुझाएकाे छ ।
विभिन्न समयमा अवैधरूपमा भारतबाट नेपाल भित्रिएका लत्ताकपडा, खैनी, किराना सामानलगायतबाट असुल गरेकाे उत्त रकम गाैरीगंज प्रहरीले मेची भन्सारलाई बुझाएकाे हाे । ईलाका प्रहरी कार्यालय गाैरीगंजमा आर्थिक वर्ष २०७६/७७ मा ४४ वटा मुद्दा दर्ता भएकाे छ । प्रहरी कार्यालयमा जवरजस्ती करणी, लागुऔषध, अभद्र व्यवहार, चाेरी, अात्महत्या, वेवारिसे, ज्यान मार्ने उद्योगलगायत मुद्दा दर्ता भएकाे हाे ।

 

 

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ८ : ४६ बजे