४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

सहारा साकाेस गाैरीगंजले विमा वापतकाे रकम ९ हजार हस्तान्तरण गर्याे


२२ असार २०७७, सोमबार  

0
Shares

20200706_193749

गौरीगंज २२, असार / सहारा नेपाल साकोस सेवा केन्द्र गौरीगंजले लघुवित्त कार्यक्रम अन्तर्गत समुहकी एक सदस्यलाई आज बिमा रकम हस्तान्तरण गरेको छ ।
केन्द्रले लघुवित्त कार्यक्रम अन्तर्गत सञ्चालित समुह नम्बर १६३ की गौरादह नगरपालिका वार्ड नं. ८ बस्ने बिमला बजगाईलाई ९ हजार रुपैयाँ बिमा रकम वापत हस्तान्तरण गरेको हो । उनले  पालन गरेको बाख्रा लकडाउन अघि मरेपछि साकोसले बिमा वापतको रकम समुहकी सदस्यलाई उपलब्ध गराएको हो । उनले बाख्राको  १० हजारको बिमा गराएका थिए । साकोस सेवा केन्द्र गौरीगंजका प्रमुख धर्मराज अधिकारी र साकोसका पशु प्राविधिक  संजित यादवले
संयुक्तरुपमा उक्त रकम हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  १२ : ४० बजे