६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

कोरोनासंगै प्राकृतिक प्रकोपको जोखिममा गौरीगञ्जबासी, स्थानीय सरकारको प्राथमिकतामा के ?


७ असार २०७७, आइतबार  

0
Shares

20200501_193651

विष्णु पौडेल
बिषय प्रवेश – विश्वभर कोरोना भाईरस कोभिड १९को संक्रमण फैलिइरहेका बेला झापाको दक्षिण पश्चीम भुगोलमा पर्ने गौरीगञ्ज गाउँपालिका पनि यसबाट अछुतो रहन सकेन । यो गाउँपालिकामा अहिले पनि १७ जना कोरोना संक्रमित फेला परिसकेका छन् ।
भौगोलिक हिसाबले पूर्व पश्चीम राजमार्गबाट झण्डै २५ किलोमिटर दक्षिणमा पर्ने गौरीगञ्ज गाउँपालिकाको अधिकांश भुगोल ग्रामिण क्षेत्रमा पर्छ । यहाँँका पुराना बजारहरु गौरीगञ्ज, खजुरगाछी र कुञ्जीबारीबाहेक अधिकांश भुभाग पुरापुरी ग्रामिण जनजिवनमा आधारित छ ।
यहाँका मझौला तथा साना बजारका रुपमा रहेका यि तीन बजारको आर्थिक कारोबार पनि त्यसै क्षेत्रका ग्रामिण जनतामा निर्भर छ । अझै वास्तविकता भन्ने हो भने भारतीयहरुको प्रत्यक्ष आवतजावत हुने बजारमा पर्छन । कोरोनाको संक्रमणसंगै भारतीय सीमासंग जोडिएको यो गाउँपालिकाको सम्पर्क करिब ३ महिनादेखि भारतीयहरुसंग बन्द हुन पुगेको छ । यसले यहाँको व्यवसायिक कारोबारमा थप धक्का पुरयाएको छ ।
झापाका तत्कालिन गौरीगञ्ज, खजुरगाछी , कोरोबारी र महाभारा गाविसको समायोजनपछि स्थानीय तह घोषणा गरिँदा यस क्षेत्रलाई गौरीगञ्ज गाउँपालिका नामाकरण गरिएको हो । २०७३ सालको तथ्याङक अनुसार अहिले गौरीगञ्ज गाउँपालिकामा ३३ हजार ६ सय ४० जनसंख्या बसोबासो छ । २०७३ यतापनि यस क्षेत्रको जनसंख्या करिब १ हजारदेखि २ हजार सम्म बृद्धि भएको अनुमान लगाउन सकिन्छ ।
कूल एक सय १.३५ वर्ग किलोमिटर क्षेत्रफल रहेको गौरीगञ्ज गाउँपालिकामा ७ हजार भन्दा केही सय बढी घर परिवारको संख्या रहेको छ । करिब ६५ प्रतिशत यहाँका विपन्न तथा दैनिक ज्यालादारीमा काम गरेर जिविकोपार्जन गर्ने मानिसहरु मध्ये कतिपयको रोजगारीको मुख्य क्षेत्र कृषि नै हो । कृषि पेशा तथा कृषि क्षेत्रमै ज्याला मजदुरी गर्ने गौरीगञ्जबासीहरु मुश्किलले १० प्रतिशत व्यापार व्यवसायमा छन । ति मध्ये पनि धेरैको कृषिमा आधारित व्यवसाय नै हो ।
यहाँका केही विपन्न तथा निम्न मध्यम वर्गीय परिवारका नागरिकहरु धेरै जसो छिमेकी मुलुक भारतका दिल्ली, पञ्जाव, गुजरात, बैंगलोर, केरला, काश्मिर लगायतका ठाउँमा रोजगारीका लागि गएका थिए । उनीहरु मध्ये पनि धेरै जना कोरोनाको संक्रमणका कारण धमाधम घर फर्र्किदै छन । यस्तो यथार्थ अवस्था रहेको गौरीगञ्ज गाउँपालिकाले स्थानीय सरकारको हैसियतामा आगामी बजेट तथा कार्यक्रमहरु के कस्ता ल्याउने ? कोरोनाका कारण भारत तथा अन्य तेस्रो मुलुकहरुमा रोजगारी गुमाएर फर्किएको जनशक्तिलाई कसरी उपयोग गर्ने ? स्थानीयस्तरमै के कस्ता रोजगारीका अवसरहरु सिर्जना गर्ने ? यहाँका नागरिकहरुको अस्तव्यस्त दैनिक जिवनलाई कसरी सामान्यीकरण गर्ने ? अहिलेको यस क्षेत्रको चुनौतीका रुपमा आएको छ । स्थानीय सरकारले आफ्ना नीति तथा बजेट र कार्यक्रमहरुमा कसरी आफ्ना गाउँबासीलाई समेट्ने भन्ने अहिले बहसको बिषय हुनुपर्छ ।
समस्यै समस्याका बाबजुद जाग्दो आशा
गौरीगञ्ज गाउँपालिका भौगोलिक रुपमा लगभग झापा जिल्लाकै दुर्गम र समस्याग्रस्त गाउँपालिका हो भने पनि हुन्छ । यहाँको सीमा क्षेत्र सुरक्षा दृष्टिकोणबाट त चुनौतीपूर्ण छदैछ यो ठाउँ भएर बग्ने अधिकांश साना ठुला खोला नदीहरुको कटान र डुबानका कारण गौरीगञ्जबासीहरु थप समस्यामा छन् । यहाँका कन्काई, कमल, बनियानी, किस्नी र गौरीया खोलाको कटान र डुबानका कारण धेरै सर्वसाधारणले बर्षेनी अकालमा ज्यानै गुमाउनु परेका घट्नाहरु छन् ।


गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ भन्नुहुन्छ– एक प्रकारले भन्ने हो हाम्रो गौरीगञ्ज गाउँपालिकामा समस्यै समस्याको चाङ छ । एकातिर भारतसंग सीमा जोडिएका फत्तेपुर, कोरोबारी र कुञ्जीबारी नाकाका कारण नेपाल भारत खुल्ला आवागमन हुँदा धेरै रोग महामारीदेखि विभिन्न खालका सुरक्षा चुनौती पनि हामीले ब्यहोर्नु परिरहेको छ भने अर्कोतिर खोला नदीको कटान र डुबानको समस्या, खेती योग्य जमिन बर्षेनी खोला बगरमा परिणत हुने र मानिसहरुको ज्यानै जाने सम्मका समस्यामा हामी छौं । यि समस्याहरुका बाबजुद स्थानीय तह पुनसंरचनासंगै यस क्षेत्रमा विकासको झिनो आशा जाग्दैछ । यहाँका भित्री सडकहरुको स्तरोन्नती ( ग्राभेल ) गर्ने काम सन्तोषजनक रुपमा अघि बढिरहेको छ । कोरोनाको यो महामारी नआउँदो हो त गएको चैत्रदेखि अहिले मध्य असार सम्ममा यहाँ पूर्व निर्धारित दर्जनौं ग्रामिण सडकहरुको स्तरोन्नती भईसकेको हुन्थ्यो ।
गौरीगंज गाउँपालिकाले चालू आर्थिक वर्षामा गरिने भौतिक विकास निर्माणका काममा छुट्टयाइएको करिब ४२ लाख रूपैयाँ बजेट यो बर्ष रकमान्तर गर्नुपरेको छ । गाउँपालिकाको बैठकले गाउँपालिकासंग सम्झौता नभएका १७ वटा योजनाको सो रकम विपत्त व्यवस्थापन कोषमा जम्मा हुने गरी रकमान्तर गर्नुपर्दा यहाँको अन्य विकासको गतिमा धक्का महसुस भएको छ ।
कोरोनाकै कारण गौरीगञ्जमा चालू आर्थिक वर्षमा सञ्चालन गरिने १० करोड भन्दा बढीका योजनाहरू (हुलाकी सडक बाहेक) रोकिन पुगे । कोरोना भाईरसका कारण सरकारले लगाईएको लकडाउनले ती योजनाहरूको सञ्चालनमा धक्का पुगेको होे ।
गाउँपालिकाको करिब ४७ वटा ठुला आयोजनाहरू ( पाँचलाख भन्दा बढी) चैत्र ११ गतेदेखि रोकिए । ती ४७ वटा आयोजनाहरूको जम्मा करिब ९ करोड ६८ लाख ३६ हजार ५ सय ९८ रूपैयाँ बराबरको बजेट हो । ठेक्कादार कम्पनीले सम्झौता गरिसकेका तर निर्माणाधिन योजनाहरूमा पूल, कल्भर्ट, ढल, नदी नियन्त्रण, भवन, बजारका टहरा र सडक कालोपत्रे थिए ।
यसका बाबजुद यतिबेला हुलाकी मार्ग स्तरोन्नतीको कामले भने यहाँका नागरिकहरुको दशकौंदेखिको विकासको चाहनामा भने केही आशा जगाएको छ । हुलाकी मार्ग निर्माण अन्तर्गत मोरङको रतुवामाई पूर्व र कन्काई नदीको पश्चीम भाग साविक महाभारा सम्मको करीब १५ किलोमिटर खण्डमा भईरहेको पुल , कल्भर्ट तथा सडक विकासको गतिले यहाँका धेरै नागरिकहरुलाई आशावादी बनाएको छ । करिब एक दर्जन पूल तथा कल्भर्टहरुको एकसाथ निर्माण कार्य चलिरहँदा बर्षौदेखिको विकासको चाहना पूरा हुने बेला आएको हो कि जस्तो महसुस भइरहेको गौरीगञ्ज १ कुञ्जीबारीका स्थानीय व्यवसायी गंगाप्रसाद राजवंशी बताउनु हुन्छ ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  १० : ५२ बजे