५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

गाैरीगंजमा ७ जनामा काेराेना संक्रमण भएकाे पुष्टि


२६ जेष्ठ २०७७, सोमबार  

0
Shares

20200528_210918
गाैरीगंज २६, जेठ / झापाकाे गारीगंज गाउँपालिकामा ७ जनामा आज काेराेना संक्रमण पुष्टि भएकाे छ ।
विराटनगर स्थित काेशी अञ्चल अस्पताल र प्रादेशिक जनस्वास्थ्य प्रयाेगशालामा थ्राेट स्वावकाे परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ५ चिल्लाहारा घर भएका २२, ४१, २५, २०, ३१, १८, २२ बर्षिय पुरूषहरूमा काराेना संक्रमण पुष्टि भएकाे जनाएकाे छ ।
भारतकाे महाराष्ट्रबाट आई गाैरीगंज गाउँपालिका वार्ड नं. ६ काे खजुरगाछी प्राथमिक स्वास्थ्य केन्द्रकाे क्वारेन्टाइनमा रहेकाे १ जना र भारतकाे हरियाणाबाट आई खजुरगाछी माविकाे क्वारेन्टाइनमा रहेका मध्ये ६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे गाैरीगंज स्वास्थ्य शाखाका प्रमुख रामचन्द्र मिश्रले जानकारी गराएका छन् । गाैरीगंज आईपुगेका उनीहरूकाे जेठ २३ र २४ गते थ्राेट र नाेजल स्वावकाे नमुना संकलन गरी परिक्षणका लागि विराटनगर पठाईएकाे थियाे । याेसंगै गाैैैैैैैरीगंजमा काेराेना संक्रमण भएकाे १२ जना पुरूष पुगेकाे छ ।/p>

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  ११ : ०० बजे