४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कर तिर्न व्यवसायीलाई सरकारको ताकेता, चाैतर्फी आलाेचना


२० जेष्ठ २०७७, मंगलबार  

0
Shares

20200602_164839
दमक २०, जेठ / सरकारले व्यवसायीलाई कर तिर्न ताकेता गर्न थालेको छ । तोकिएको समयभित्र सरकारले कर बुझाउन व्यवसायीलाई भनेको हो । सरकारले सार्वजनिक सूचना निकालेर कर तिर्न भनेपछि व्यवसायी अन्योलमा छन् ।
पछिल्लो पटक कर तिर्न बढाइएको म्यादभित्र कर तिर्न सरकारले दवाव दिएको हो । जेठ २५ मा पछिल्लो मिति सकिँदैछ ।लक डाउनका कारण व्यापार व्यवसाय बन्द हुँदा नोक्सानी व्यहोर्न बाध्य भएका व्यवसायी सरकारको ताकेता पछि रनभुल्लमा छन् । तोकिएको समयभित्र आर्थिक वर्षको तेस्रो त्रैमासिकको कर भुक्तानी गर्न सरकारले ताकेता गरेको हो।

आन्तरिक राजस्व विभागले सार्वजनिक सूचना निकालेर जेठ २५ गतेभित्र कर बुझाए शुल्क, थप दस्तुर, ब्याज र जरिवानाबाट बच्न सकिने जनाएको छ ।
चौतर्फी आलोचना
यसैवीच विभागले कर ताकेताको सूचना सार्वजनिक गरे लगत्तै सो ताकेताको विषय प्रति सामाजिक सञ्जालमा चौतर्फी चर्को आलोचना आएको छ । कोरोना महामारीका कारण देशनै ठप्प भएकाले यस्तो संकटको अवस्थामा सरकारले कर बुझाउन ताकेता गरेपछि उद्योगी,व्यवसायीका पेशागत संघसंगठनहरुले चौतर्फी आलोचना गरेका हुन् ।

दुई महीना बढी लामो समयदेखिको जारी लकडाउनले उद्योग,व्यवसायनै ठप्प भएको अवस्थामा उद्योगी,व्यवसायीहरुले राज्यलाई कर बुझाउन नसक्ने भएकाले कर बुझाउने समय लम्ब्याउनु पर्ने दमकस्थित मेची मदिरा व्यवसायी संघ माइपश्चिम क्षेत्रीय समितिका अध्यक्ष प्रेम पाण्डेले बताएका छन् ।
यसैगरि सहकारीका अगुवा चुडामणी ओझाले पनि सरकार जनता प्रति उत्तरदायी नभएको भनेर टिप्पणी गरेका छन् । लकडाउनले देशनै ठप्प भएको अवस्थामा सरकारले लकडाउनको अवधिमा सवै करको ताकेता गर्नु व्यहारिकमैत्री नभएको उनले जिकीर गरेका छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलबार  ११ : ०५ बजे