गौरीगंज २७, जेठ /गौरीगंज गाउँपालिका–३ को मुख्य व्यापारिक क्षेत्र गौरीगंज चौकदेखि करिब १ किलोमिटर दक्षिणतर्फ अल्तावरी जाने सडक निर्माण अलपत्र परेपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन् । निर्माणको जिम्मा लिएको करिब ७ महिना बितिसक्दा समेत सामन्य सडकलाई सम्याउने बाहेक काम थालिएको छैन । स्थानीयको आक्रोश मंगलबार सडक अवरोधमार्फत सार्वजनिक रूपमा विस्फोट भएको हो ।
स्थानीयले ढाट राखेर बाटो अवरुद्ध गरेपछि अहिले सवारी आवागमन ठप्प छ ।
सडकको निर्माणका लागि ठेक्का पाएको ‘अंकित ब्रदर्श एण्ड सप्लायर्स’ले अहिले सम्मको काम एकपटक जेसीबी लगाएर अलिअलि बाटो सम्याउने मात्र गरेको छ। त्यसभन्दा बढी काममा कुनै प्रगति देखिएको छैन ।
गाउँपालिकाको अगाडि निर्माणाधीन कल्भर्ट पनि समयमै सम्पन्न नभएपछि स्थानीयको सास्ती झनै बढेको छ । अहिले त्यही अधुरो कल्भर्ट र धुलोले ढाकिएको सडक दैनिक आवातजावत गर्ने सर्वसाधारणका लागि कहालीलाग्दो बनिरहेको छ ।
स्थानीय सरकारको तर्फबाट पटक–पटक ताकेता गरिए पनि सुनुवाइ नभएको गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुवँरले बताइन्। ‘गाउँपालिकाले सडक निर्माणलाई प्राथमिकतामा राखेर दबाब दिँदै आएको हो,’ ‘उपाध्यक्ष कुवँरले भनिन्, ‘तर सम्बन्धित निकाय र ठेकेदारको गैरजिम्मेवार व्यवहारका कारण स्थानीयवासी मर्कामा परेका छन् । ’
यस सडक निर्माणको ठेक्का दमकस्थित सडक डिभिजन कार्यालयले दिएको हो । डिभिजन कार्यालयका इन्जिनियर सुनिल गुप्ताले ‘अंकित ब्रदर्श एण्ड सप्लायर्सले १ करोड १६ लाख रुपैयाँमा कल्भर्टसहितको सडक निर्माणको ठेक्का पाएको जानकारी दिए ।
उनका अनुसार मंसिर महिनामा ठेक्का सम्झौता भएको र काम सम्पन्न गर्ने अन्तिम म्याद जेठ महिनाको अन्तिम मसान्तसम्म रहेको छ । ‘तर कम्पनीले समयमै काम नगरेका कारण कार्यवाही प्रक्रिया सुरु गर्न लागिएको छ,’ इन्जिनियर गुप्ताले बताए ।
उनले ठेकेदार कम्पनीसँग बारम्बार सम्पर्क गर्दा पनि चासो नदिएको र काममा ढिलाई भएको स्पष्ट रूपमा स्वीकार गरे ।
उक्त सडक निर्माणको जिम्मा लिएको अंकित कन्ट्रक्सनसँग सम्पर्क गर्न खोज्दा फोनसमेत उठाइएको छैन । यता स्थानीयले भने विकासको नाममा ठेक्का लिने, तर काम नगर्ने प्रवृत्तिप्रति विरोध जनाएका छन् ।
‘सडकको अवस्था दिनदिनै खराब हुँदै गएको छ,’ एक स्थानीयले भने, ‘धुलोले बालबालिकादेखि वृद्धसम्म प्रभावित छन्, साँझबिहान हिँड्नसमेत सकस छ।’
खरेलले स्थानीय जनप्रतिनिधिले पनि जिम्मेवारीपूर्वक भूमिका नखेलेको आरोप लगाए ।
गाउँपालिकाको अगाडि रहेको मुख्य सडक बिग्रदा आवतजावत मात्र नभई स्थानीय व्यापार व्यवसायसमेत प्रभावित भएको छ ।
गौरीगंजमा सडक निर्माण अलपत्र, स्थानीयको धैर्यको बाँध टुट्यो, बाटोमा ठाट आवागमन अवरुद्व

गौरीगंज २७, जेठ / गौरीगंज गाउँपालिका–३ को मुख्य व्यापारिक क्षेत्र गौरीगंज चौकदेखि करिब १ किलोमिटर दक्षिणतर्फ अल्तावरी जाने सडक निर्माण अलपत्र परेपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन् । निर्माणको जिम्मा लिएको करिब ७ महिना बितिसक्दा समेत सामन्य सडकलाई सम्याउने बाहेक काम थालिएको छैन । स्थानीयको आक्रोश मंगलबार सडक अवरोधमार्फत सार्वजनिक रूपमा विस्फोट भएको हो ।