८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

हावाहुरीले गौरीगंजका मिनादेवी राजवंशीको घरमा क्षति



गौरीगंज ३, जेठ / गएराति पानीसंगै आएको हावाहुरीले गौरीगंज गाँउपालिका वडा नं. ३ ठेकीटोला बस्ने मिनादेवी राजवंशीको घरमा क्षति पुर्याएको छ ।
एकतल्ले २ कोठा भएको टिनको छाना भएको घरको छानो र टाँटी भत्काउदाँ राजवंशीको करिब ३५ हजार रुपैयाँको क्षति भएको इलाका प्रहरी कार्यालय गौरीगंजले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गौरीगंजबाट प्रसनि ईश्वरी प्रसाद भट्टराईको टोली खटि गई बुझ्दा मानविय चौपाय क्षती नभएको घरको छाना एक पाखाको उडाई करिब ३५ हजार बराबरको क्षती भएको इलाका प्रहरी कार्यालय गौरीगंजले जनाएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८२, शनिबार  ९ : २० बजे