२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025

सशस्त्रद्वारा सीमा क्षेत्रमा उच्च सतर्कता,विहारको ६ जिल्लामा हवाई हमला हुन सक्ने आशंका



गौरीगंज २४, वैशाख / भारतको गृहमन्त्रालयले विहारको विभिन्न जिल्लाहरुमा आतंकवादीहरुद्वारा हवाई हमला हुन सक्ने आशंका गरेको छ । गृहमन्त्रालयले प्रेस मिट मार्फत विशेष गरी विहारको ६ वटा जिल्ला किशनगंज, पूर्णिया, अररिया, कटीहार, पटना र बेगुसरायलगायतका जिल्लाहरुमा अवाई हमला हुन सक्ने अग्रिम चेतावनी दिएको हो । मई ७ तारिक अर्थात आज वेलुका ७ वजे देखि ७.१० बजेसम्म १० मिनेट ब्ल्याक आउट गर्ने र अलर्ट साइरन बजाउने भारतीय गृह मन्त्रालयले प्रेस मिट मार्फत जनाएको छ ।
भारत पाकिस्तानबीच जारी तनावलाई मध्यनजर गरी भारतले ३ सय जिल्लाका आफ्ना नागरिकहरुलाई सुरक्षा अभ्याससमेत गराएको छ ।

https://www.facebook.com/share/v/16J9pFn2Em/

भारत र पाकिस्तानबीच बढ्दै गएको युद्धका कारण नेपलामा पर्नसक्ने प्रभावबारे विश्लेषण गर्दै सीमा नाकामा सुरक्षा निगरानी बढाउने सरकारले निर्णय गरेको छ ।

आज सिंहदरबार को गृहमन्त्रालयमा सुरक्षा परिषद्को बैठक बसी प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई, मुख्यसचिव एकनारायण अर्याल, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल सेना रथी निर्मलकुमार थापा, जनपथ प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य निर्देशक हुतराज थापा, मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख सहसचिव रामचन्द्र तिवारी प्रतिनिधि लगायत बसेको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र स्थल सीमा नाकामा सुरक्षा निगरानी बढाउने निर्णय गरेको हो ।
केन्द्रीय सुरक्षा समितिले छिमेकी राष्ट्र भारत र पाकिस्तानमा रहेको नेपालीहरूको सुरक्षा अवस्थाबारे पनि छलफल भएको थियो । उनीहरूको अवस्थाबारे कुटनीतिक माध्यमबाट बुझ्ने निर्णय पनि बैठकमा भएको छ । भारत र पाकिस्तानबीच तनाब बढेपछि सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको जनाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ५ : १७ बजे