२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025

कोचिला राष्ट्रिय मुक्ति मोर्चाको अधिवेशन झापामा हुने, अधिवेशनको उद्घाटन प्रचण्डले गर्ने



झापा । कोचिला राष्ट्रिय मुक्ति मोर्चा नेपालको दोस्रो अधिवेशन आगामी जेठ २४ गते झापामा हुने भएको छ । मोर्चाको शनिवार  मोरङको मंगलबारेस्थित धिमालजाती विकास केन्द्रको सभाहलमा भएको बैठकले जेठ २४ गते झापामा अधिवेशन गर्ने निर्णय गरेको मोर्चाका सचिव पुकार राजवंशीले जानकारी दिएका हुन् ।  सचिव राजवंशीका अनुसार मोर्चाको अधिवेशनमा प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) रहनेछन् । अधिवेशनको उद्घाटन प्रचण्डले गर्नेछन् । 

अधिवेशनमा सन्थाल राष्ट्रिय मुक्ति मोर्चा नेपाल, मेचे राष्ट्रिय मुक्ति मोर्चा नेपाल, धिमाल  राष्ट्रिय मुक्ति मोर्चा नेपाल र झागड  राष्ट्रिय मुक्ति मोर्चा नेपालको समेत संयुक्त रुपमा उद्घाटन गरिने सचिव राजवंशीले बताएका छन् । कोचिला राष्ट्रिय मोर्चा नेपालकी अध्यक्ष ममता ताजपुरिया राजवंशीको अध्यक्षतामा बसेको बैंठकमा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य अजम्बर राईको प्रमुख आतिथ्य रहेको थियो । 

कार्यक्रममा प्रमुख अतिथि राई, मोर्चाका फ्याक्शन इन्चार्ज सुरेश राई (हिमाल), माओवादीका केन्द्रिय सदस्य तथा झापा इन्चार्ज रन्जित तामाङ, संबिधान सभा सदस्य पूर्णसिंह राजवंशी, नागेन्द्रप्रसाद धिमाल, मोहन टुडु, आदिवासी जनजाती संयुक्त मोर्चाकाका केन्द्रिय सदस्य नगेन्द्र राई, १ नम्बर प्रदेशसभा सदस्य बन्दना झागडलगायतले आ–आफ्नो भनाई राखेका थिए । कार्यक्रमको सञ्चालन मोर्चाका सचिव पुकार राजवंशीले गरेका थिए । 

बैंठकले अधिवेशन सम्पन्न गर्न अध्यक्ष ममता, सचिव पुकारसहित प्रत्येक मोर्चाबाट २/२ जनासहित ११ सदस्यीय मुल आयोजक समितिसमेत गठन गरेको छ । 

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ७ : ४३ बजे