सत्तारूढ नेकपा (एमाले) ले वैशाख ११ गते युवाहरूलाई काठमाडौं उतारेर ‘सेलिब्रेसन’ गर्ने भएको छ।
वैशाख ११ गते निरंकुश राजतन्त्र अन्त्य भएको र लोकतन्त्र स्थापना भएको दिनको अवसर पारेर एमालेले युवा उत्सव आयोजना गर्न लागेको हो। उक्त दिन ठूलो संख्यामा युवा सहभागिता देखाउन एमालेले क्लस्टर नै छुट्टयाएर मातहतका कमिटीलाई निर्देशन दिएको छ।
एमालेले वडा, पालिका कमिटीमा ३३ प्रतिशत युवा अनिवार्य गरेको छ। वैशाख ११ गते कमिटीमा भएका ती युवालाई अनिवार्य उपस्थित गराउन निर्देशन दिएको हो।
त्यस्तै जिल्ला कमिटीमा १५ र प्रदेश कमिटीमा १० प्रतिशत युवा निर्वाचित भएका छन्। जिल्ला र प्रदेश कमिटीमा रहेका सबै युवालाई अनिवार्य आउन पार्टी महासचिव शंकर पोखरेलले निर्देशन पठाएका छन्। स्थानीय जनप्रतिनिधिहरू मेयर, उपमेयर, पालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष सबैलाई वैशाख ११ गते काठमाडौं आउन भनिएको छ।