२२ चैत्र २०८१, शनिबार | Sun Apr 6 2025

फुईयाको फुरफुर



फुईयाको फुरफुर (११ )
समाजमा हल्ला चल्यो, कुनै नर्सलाई प्रेम प्रस्ताव राखे, भोलि रिपोर्ट आउँछ भन्ने जवाफ आउँछ भनेर । उ पेशाले शिक्षक, उसले शिक्षिका हेर्यो, अनि सोच्यो, शिक्षिकाले के जवाफ देलिन त भनेर। उसले विचार गर्यो, अनि निष्कर्ष निकाल्यो, प्रेम लाई होमवर्क अर्थात् गृहकार्य भनेर, गृहकार्य गरेर, प्रेम प्रस्ताव पनि गृहकार्य हो भनेर प्रस्ताव राख्ने। जवाफ के आउला त उसले विचार गर्यो, होमवर्क को लागि मेमले कान समातेर उठबस गर्न लगाउन सक्छिन, कान समातेर मुर्गा बन्न लगाउन सक्छिन, लठ्ठी बोकेर हातमा एक लठ्ठी हान्न सक्छिन, भाव पुगेन भनेर पुन गृहकार्य दोहोर्याउन सक्छिन। आफैं शिक्षक आफैं विद्यार्थीको भूमिकामा उसले आफूलाई अलमल्ल परेको पायो। अनि सोच्यो, नर्सले भोलि भन्छन्, शिक्षिकाले त्यही दिन। उसले होमवर्क बुझाउने निष्कर्ष निकाल्यो, विद्यार्थी बनेर। फुईयाको फुरफुर ।

फुइयाको फुरफुर (१२)

उसले एउटी केटी हेर्यो, लभ गर्ने विचार गर्यो, अनि खोजी नीति गर्दै जाँदा उसले हेरेकी केटीको मावलमा जंगली हात्तीको आतंक रहेको बुझ्यो। अब ज्वाइँ हुने मान्छे, मावली ससुरालीमा हात्ती भगाउने उपाय उसले सोच्न थाल्यो। हिन्दी सिनेमाको बाहुबली बन्न पनि उ तयार भयो। हिन्दी र नेपाली सिनेमामा फरक के त, उसले विचार गर्यो। नेपाली सिनेमामा राजेश हमालको प्रख्यात डाइलग उसले सम्झियो, शंकर हो मेरो नाम, साथीको लागि यो हात सलाम, दुश्मनको लागि यो हात फलामू। उसलाई बाहुबली भन्दा शंकरको डाइलग झक्कास लाग्यो। उसले नयाँ डाइलगको श्रृजना गर्यो, दुश्मनको लागि यो हात फलाम, हात्तीको लागि यो हात सलामू। उसलाई अरु के चाहियो, चिडियाखाना गाएर, त्यहाँका हात्ती समक्ष केही रिहर्सल गरी, उ बाटो लाग्यो, मावली ससुरालीमा। नभन्दै जंगली हात्ती आए, उसले कड्किएर बोल्यो, दुश्मनको लागि यो हात फलाम, हात्तीको लागि यो हात फलाम। उसको सलामले हात्ती भागेन। फुईयाको फुरफुर ।

फुईयाको फुरफुर (१३)

देश आन्दोलनमा व्यस्त थियो। उसले हेर्यो, देशले एबम् देशका जनताले आन्दोलन बाहेक, सरकारको संयन्त्र फेरिदा पनि केही सिकेनन् । न त कानुनी अभ्यास रह्यो जनतामा, न त जनताको पक्षमा बोलिदिनेकोमा। एउटा सामान्य रिट सर्वोच्चमा हालेर, न्याय पाउने सकिने देशमा, आन्दोलनको माध्यम उसलाई ठीक लागेन। उसले बोल्यो, सर्वोच्चबाट न्याय नआउँदा, आन्दोलन आवश्यक छ, सडक देखि सदन सम्मू। कानूनको अभ्यास तीन तहगत सरकारको हुँदा पनि उसले जस्ताको त्यस्तै देख्यो। त्यसैले उ पनि बन्यो आन्दोलन गर्ने क्रान्तिकारी। क्रान्तिकारी भएपछि उसले विचार गर्यो, आन्दोलनको फाइदा कसलाई, अनि जवाफ एबम् सटीक निष्कर्ष निकाल्यो, विमा कम्पनी एबम् सरकारलाई। विमा कम्पनीले सरकारलाई कर तिर्दछन्, अनि क्षतिपूर्ति टिर्दछन्। उसले बिगुल बजायो आन्दोलनको। उसको माग सानो थियो, घर घडेरीको विमा हुनु पर्दछ, आन्दोलन गर्दा ढुङ्गा मुढाले क्षतिग्रस्त भवनको विमा अनुसारले क्षतिपूर्ति पाउनु पर्दछ। पत्रकारले प्रश्न गरे, हजुरको आन्दोलन कसको लागिरु उसले जवाफ दियो, रमाइलोको लागि। आन्दोलन गर्ने, रमाइलो गर्ने। पत्रकारले पनि भनिदियो फुईयाको फुरफुर।

प्रकाशित मिति : २२ चैत्र २०८१, शनिबार  ७ : ३७ बजे