
झापा, चैत १६ । नेकपा माओवादी केन्द्र हल्दिबारीको अध्यक्षमा खकेन राजवंशी चयन भएका छन् । माओवादी केन्द्र हल्दिबारी गाउँपालिकाको दोस्रो अधिवेशनबाट हल्दिबारी गाउँ कमिटीको अध्यक्षमा पूर्व वडा सदस्य तथा वाइसीएलका पूर्व केन्द्रीय सदस्य राजवंशी सर्वसम्मत चयन भएका हुन् । अधिवेशनले उपाध्यक्षमा सरस्वती चम्लागाई ,उमेश बिमली , धनबहादुर फागो ,सचिवमा हैकम घिसिङ, कृतम वन र कोषाध्यक्षमा रचना कुलुङसहित ३९ सदस्यीय गाउँ कमिटी चयन गरेको हो ।
हल्दिबारी २ मा रहेको भेलागुरी सिमसारको सभाहलमा अधिवेशन भएको थियो ।अधिवेशन आयोजक समितिका संयोजक शुकलाल राजवंशीको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य तथा झापा क्षेत्र नम्बर ३ का इन्चार्ज पूर्णप्रसाद राजवंशीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा जिल्ला सचिव तथा संविधानसभा सदस्य मोहन टुडू, क्षेत्रीय संयोजक टीका पोख्रेल, हल्दिबारी इन्चार्ज बिजय लावतीलगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य पूर्णप्रसाद राजवंशी, जिल्ला सचिव मोहन टुडू, अध्यक्ष मण्डलीका संयोजक टीका पोख्रेललगायतले शुभकामना मन्तब्य राखेका थिए । त्यस्तै कार्यक्रममा नवनिर्वाचित अध्यक्ष राजवंशीले प्रतिवद्धता मन्तव्य राखेका थिए ।
सोही अवसरमा निर्वाचित गाउँ कमिटी र पाँच वटै वडामा निर्वाचित वडा कमिटीलाई सपथ ग्रहणसमेत गराइएको थियो । चैत १३,१४ र १५ गते हल्दिवारीका पाँच वटा वडामा पार्टीको वडा अधिवेशन भएको थियो । सभाध्यक्ष शुकलाल राजवंशीले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मतले पारित भएको कार्यक्रममा स्वागत मन्तब्य हैकम घिसिङ र संचालन जितलाल राजवंशीले गरेका थिए ।